टोकियोमा पर्वत समाज जापानको आयोजनामा तिन दिने शिव पुराण लगाईने

टोकियो । पर्वत समाज जापानको आयोजनमा महाशिवरात्रीको अवशरपारी टोकियोमा ३ दिने शिव पुराण सहित महाशिवरात्री मेला आयोजना हुने भएको छ।

हिन्दूहरुका आराध्यदेव महादेवको आराधाना गर्दै फेब्रुअरी १४ देखि १६ तारिखसम्म ३ दिने शिव महापुराण तथा महाशिवरात्री मेला आयोजना गर्न लागिएको पर्वत समाज जापानका अध्यक्ष राम बास्तोलाले जानकारी दिएका छ ।

बास्तोलाका अनुसार ३ दिन सञ्चालन हुने कार्यक्रममा शिव महापुराण पाठ, पूजा–आरती, भजन–कीर्तन तथा सांगीतिक कथा प्रवचनलगायत सहित शिवको आराधाना सहित महाशिवरात्री मेलाको तयारी अन्तिम चरण पुगेको बताए ।

कार्यक्रममा पण्डित गिरीरीज पौडेलको उपस्थितिमा सिनओकुबो स्थित बारकाडे रेष्टुरेन्टमा शिव महापुराण वाचन र प्रवचनका साथमा भजन लगायत सांगीतिक प्रस्तुती रहेको छ ।

ताजा समाचार