आईतबार कर्मथलो जापानमा अध्यक्ष पदमा उम्मेदवारी घोषण गर्दै रोविन शेरचन, को हुन रोविन शेरचन ?

टोकियो

गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगमि मार्च महिनामा काठमान्डौमा हुने एकताको १२ औ महाधिवेशनमा जापानमा कर्मथलो बनाएका रोविन शेरचनले आईतबार सांझ अध्यक्ष पदको दावेदारी का लागि घोषण सभा आयोजना गरेका छन ।

एनआरएनए आईसिसिका वर्तमान उपाध्यक्ष रहेका शेरचनले घोषण सभामा एनआरएनएका संस्थापक, पूर्व अध्यक्ष एवं विभिन्न देशका अध्यक्ष एवं एनआरएनए अभियान्त विच आफ्नो दावेदारी सहित एजेण्डहरु सार्वजानिक गर्ने तयारी गरेको जानकारी दिएका छन ।

को हुन रोविन शेरचन ?


मुस्ताङको हिमाली भेगमा जन्मिएर पोखरामा हुर्किएका रोबिन प्रसाद शेरचन गैरआवासीय नेपाली समुदायमा सफलता र सङ्घर्षका एक उदाहरणीय पात्र हुन्। ५८ वर्षीय शेरचनले विगत ३८ वर्षदेखि जापानलाई आफ्नो कर्मथलो बनाएर व्यवसाय र समाजसेवामा विशिष्ट पहिचान बनाएका छन्।

सन् १९८८ मा २१ वर्षको कलिलो उमेरमा उनी उच्च शिक्षा र नयाँ अवसरको खोजीमा जापान पुगेका थिए। जबकि नेपालमा विदेश जाने लहर अहिलेको जस्तो थिएन । शेरचनको शैक्षिक पृष्ठभूमि बलियो छ। पोखराको प्रतिष्ठित गण्डकी बोर्डिङ स्कुलबाट २०४० सालमा एसएलसी उत्तीर्ण गरेका उनले काठमाडौँको शङ्करदेव क्याम्पसबाट बी.कम. अध्ययन गर्दैगर्दा जापानको यात्रा तय गरे। पछि उनले जापानको टोकियो इन्टरनेसनल युनिभर्सिटीबाट एमबीए पूरा गरे। पारिवारिक पृष्ठभूमि व्यापारिक भए पनि बुवा स्वर्गीय राजेन्द्र शेरचनको भैरहवा र काठमाडौँमा होटल तथा कपडा व्यवसाय थियो । तर उनले पैतृक सम्पत्तिमा रम्नुभन्दा आफ्नै बलबुतामा केही गर्ने अठोट लिए।
जापान बसाईको सुरुवाती दिनहरू उनका लागि सहज थिएनन्। भाषा, संस्कृति र खानपानको भिन्नताले चुनौती थपेको थियो। तर, उनले हार मानेनन्। दुई वर्ष जापानी भाषा सिकेपछि उनले त्यहाँको समाजमा घुलमिल हुन थाले। सन् १९९५ मा उनले आफ्नी श्रीमतीसँग मिलेर ‘कल्चर स्कुल’ स्थापना गरे। यो विद्यालयले विदेशी र जापानी संस्कृतिबीच पुलको काम गर्यो र स्थानीय पत्रपत्रिकामा समाचार आएपछि यसले ठूलो सफलता हासिल गर्यो।
तर, जीवन सधैं सोचेजस्तो सरल रेखामा हिँड्दैन। ३९ वर्षको उमेरमा शेरचनमाथि ठूलो बज्रपात पर्यो— उनकी श्रीमतीको क्यान्सरका कारण निधन भयो। जीवन संगिनीको साथ गुटेपछि उनी एक्लो भए, तर विचलित भएनन्। श्रीमतीको सम्झना सँगाल्दै उनले व्यवसायको स्वरूप परिवर्तन गरे। भाइहरूसँग मिलेर सुरु गरेको बार र रेस्टुरेन्ट व्यवसायले उनलाई नयाँ उचाइमा पुर्‍यायो। १३० भन्दा बढी देशका बियर ब्रान्डहरू पाइने बारदेखि इटालियन रेस्टुरेन्ट, इजाकाया (जापानी भट्टी) र फुड कोर्टसम्म लगानी विस्तार गरे। हाल जापानभर उनका करिब २७ वटा आउटलेटहरू सञ्चालनमा छन् भने रियल स्टेट र होटल व्यवसायमा पनि उनको बलियो उपस्थिति छ।
प्रवासमा जति नै सफल भए पनि शेरचनको मन नेपालमै छ। उनले नेपालको हाइड्रोपावर, बैंकिङ, स्वास्थ्य र रियल स्टेट क्षेत्रमा ठूलो लगानी भित्र्याएका छन्।

शेरचन विगत लामो समयदेखि सामाजिक कार्यमा पनि सक्रिय छन्। उनी एनआरएनए संस्थामा पारदर्शिता र इमानदारिताको पक्षपाती हुन्। हाल गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष शेरचन १२औँ महाधिवेशनबाट अध्यक्षको दौडमा छन् ।

ताजा समाचार