जापानको समुन्द्रमा पोखराका प्रेम नारायण आचार्यको डुबेर मृत्यु

टोकियो

जापान आईपुगेका काका बाबु काकी आमालाई घुमाउन फुकुई पुगेका पोखरा लामाचौरका प्रेम नारायण आचार्यको शुक्रबार समुन्द्रमा डुबेर मृत्यु भएको छ ।

जापानमा बिद्यार्थी भिषामा प्रेवश गरेका आचार्य दुईबर्ष अघि कामदार (स्युसोकु) गरेका थिए । आचार्य त्यस ठाउमा गिफुबाट घुम्न जाने र पौडि खेल्ने गरेका आफन्तले जनाएका छन । शुक्रबार काका बाबा र काकिलाई लिएर गिफुबाट फुकुई समुन्द्र घुम्न गएका आचार्य परिवारमा नसोचेको दुर्घटना हुन पुगेको हो ।

यसरी डुबेका थिए प्रेम

करिब ६ बर्ष अघि बिद्यार्थी भिषामा जापान प्रवेश गरेका प्रेमका काका र काकी छोरा र सबै परिवार गिफुमा बस्छन भने तिनै छोरा बुहारी र नातानातिनी भेटन काका र काकी गिफु आएपछि शुक्रबार काका र काकीलाई घुमाउन प्रेमले करिब दुई घन्टाको ड्राईभ पछि फुकुई समुन्द्र देखाउ लगेका थिए ।

फुकुईको समुन्द्र तटमा गाडी पार्किङ गरेपछि प्रेम पौडि खेल्न समुन्द्रमा भलिबल सहित पौडि खेल्न पसेभने काकीलाई पौडि खेलेको भिडियो खिच्न लगाएका थिए । पौडि खेल्ने क्रममा बल सहित प्रेमलाई समुन्द्रको छालले टाढा लगेपछि काका काकीले समुन्द्र छेउमा रहेका जापानिज नागरिकलाई भिडियो देखाउदै सहयोग मागेका थिए । काका र काकीले प्रेमलाई समुन्द्रको छालले टाढा लगिरह्यौ उनिहरुले बालाई रहेको र सहयोग मागेको दृष्य भिडियोमा कैद भएको छ ।

पहिलो पटक जापान छोरा बुहारीलाई भेटन आएका काका काकीले नेपालीमा रुदै प्रेम समुन्द्रमा डुबेको भिडियो जापानिजहरुलाई देखाएपछि करिब १० मिनेटको अन्तरालमा हेलिकप्टर सहितले प्रेमलाई उद्दार गरेपनि बचाउन नसकिएको नागोयाबाट दिपक कार्कीले निष्पक्ष न्यूजलाई जानकारी दिएका छन ।

कास्की पोखरा समाज जापानका अध्घक्ष सन्देश अधिकारीले घटना घटेको र परिवारको चाहान अनुरुप नै योजना बनाई सहयोग गरिने बताएका छन । कास्की पोखरा समाज जापानका विरिष्ट उपाध्यक्ष अन्जु भन्डारीले काम गर्ने कम्पनी एवं घर परिवारको सल्लाह अनुसार गरिने बताउनु भयो । आचार्यको शवलाई आईतबार फुकुईबाट गिफु ल्याईने र परिवारको चाहान अनुरुप नेपाल पठाउन सम्भव भए नेपाल पठाउन सहयोग गरिने जानकारी बताए । त्यसैगरी आचार्यको शव नेपाल पठाउन समाजले सक्दो सहयोग गर्ने तयारी शुरु गरिएको समाजका महासचिव सरोज कार्की जानकारी दिएका छन ।

करिब २८ बर्षका प्रेम जापानको चर्चित माज्दा मोटर कम्पनिमा कार्यरत भएको बताईएको छ ।

ताजा समाचार