जापानका राजन कुमार पौडेलको पहिलो गीत  “सिन्दुर पोते चुरा” भिडियो सहित बजारमा (भिडीयो)

टोकियो

नेपाल सरकारले जापानको लागि पर्यटन दूत बनाएका  राजन कुमार पौडेलले  “सिन्दुर पोते चुरा”  नामको भिडियो सहित नयां गीतबजार ल्याएका छन । 

सानै देखि कलाकारिता, गीत-संगीतमा रुचि राख्ने राजनले अब गायन क्षेत्रमा आफ्नो पहिलो गीत रेकर्ड गराई म्युजिक भिडियो बनाउनसफल भएका हुन ।  यस गितको भिडियोमा पौडेलको अभिनय रहेको छ । राजनको आफ्नै स्वर भएको यो गीतमा राजन सगै उहाँकी जीवन संगिनी शान्ती केसी पौडेलले नारी कलाकारका अभिनयमा देख्न सकिन्छ ।

राजन अनुसन्धन विद्यार्थीका रुपमा जापान आएका हुन । जापान सरकारको अन्तराष्ट्रिय सहयोग नियोगमा काम गर्ने पौडेल, कामको सिलसिलामा संसारका १२४ देशहरुमा पुगेका छन । जापान सरकारको सरकारी परियोजना (जाइका)का प्रोजेक्टमाआवद्ध भएका राजन हाल प्रोजेक्ट  इन्चार्ज को रुपमा कार्यरत छन। पौडेल १० वटा बिभिन्न भाषाहरु (नेपाली ,जापानी , बंगाली , हिन्दी, उर्दु, इण्डोनेशियन, मलेशियन, भियतनामी, अंग्रेजी, थोङ्गा गरी १०वटा भाषा,) बोल्न र लेख्न समेत सक्छन। 

 भिडियो

https://www.youtube.com/watch?v=pvRhtPR5Zq4

ताजा समाचार