टोकियो
जापानमा बुधबार राती आएको ७:३ रेक्टर स्केलको भुकम्पका कारण तिन जनाको मत्यू भएको छभने भुकम्पले २ सय भन्दा बढी धाईते र करोडौको क्षति बनाएको खबर छ ।
एनएचकेले जारी गरेको सूचना अनुसार बुधबार जापानको तोहोकु क्षेत्रलाई केन्द्रबिन्दु बनाई फेरी ठुलो भुकम्प आउन सक्ने जनाउदै सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।
तोहोकु क्षेत्रमा भुकम्पका कारण घरहरुमा अझै विद्युत आपुर्ति रोकिएको छ भने भुकम्प पछि मियागी, फुकुशिमा, ईवाते, सहित ईबाराकि, तोचोकि, चिवा सहित टोकियो र खानागावा क्षेत्रको केहि भागहरुमा विद्युत आपुर्ति बन्द हुन पुगेको छ । भुकम्पका कारण टोकियो भित्रका करिब ७४६ ट्राफिक लाईट्सहरु संचालनमा आउन सकेका छैनन । टोयोटा ईवाते तथा टोयोटा मियागीमा रहेका कलकारखानाहरुको उत्पादनहरु बन्द भएका छन् । केहि ट्रेनलाईनहरुमा विद्युत आपुर्ति तथा लिकहरुमर्मत गर्नु पर्ने भएका कारण रेलहरु ढिला संचालन भएका छन ।
भुकम्पको केहि समय पछि नै जापानका प्रधानमन्त्री किसिदाले संचारकर्मिहरुलाई सम्बोधन गर्दै उद्वार बचाउमा निर्देशन दिदै देशवाशीलाई सचेत र सावधानी अपनाउन आग्रह गर्नु भएको थियो ।
भुकम्पले क्षति पुर्याएका भौतिक क्षति, भत्किएको रेल तथा सडक मार्गहरु पूननिर्माण र मर्मत कार्य विहानैबाट शुरु गरिएको समाचारमा उल्लेख गरिएको छ ।
नेपालीहरु सबै सुरक्षित
जापानको तोहोकु क्षेत्रमा ७:३ रेक्टर स्केलको ठुलो भुकम्प गएपनि जापानको पूर्वउत्तर क्षेत्रमा बसोबास गर्ने कुनै पनि नेपालीलाई क्षति नपुगेको समाचार टोकियो स्थित नेपाली राजदूतबासले जानकारी दिएको छ ।
तोहोको क्षेत्र भित्र पर्ने निगाता, सन्दाई र फुकुशिमा प्रान्तमा धेरै नेपालीहरुको बसोबास रहेको छ ।