जापानको फुकुओकामा आफ्नै साथिले घॅाटी थिचि हत्या गरिएको सुजन बसिलाको आईतबार अत्येष्टी सम्पन्न

टोकियो 

नयॅा बर्षमा साथिहरुसगै बसेर रमाईलो गरेको अवस्थामा आफ्नै साथिले धॅाटी थिची हत्या गरेका २३ बर्षिय सुजन बर्सिलाको अत्येष्टी शनिबार फुकुओकामा सम्पन्न भएको छ । 

तिन बर्ष अघि जापानिज भाषा अध्ययनका लागि जापानको फुकुओका आएका गोर्खा १३ देउराली घर भई हिगासी फुकुओकामा बस्ने २३बर्षिय सुजन बर्सिलाको आफ्नै साथिहरुले जनवरी ७ तारिख मध्यरातमा हत्या गरेका थिए । 

जापानमा रहेका बर्सिलाका आफन्त माधव सिग्देलले दिएको जानकारी अनुसार बर्सिलाको श्वास्वप्रस्वासमा समस्या भएका कारण मृत्यूभएको र यो मृत्यू सामान्य मृत्यू नभएको पोष्टमार्टम रिपोर्टमा उल्लेख गरेको जानकारी दिनुभयो । उहॅाले जापान सरकारले हत्याकोअभियोगमा जापान प्रहरीले सत्य,  तथ्य र जापानको कानुन अनुसारको सजय नै बर्सिला परिवारको ईच्छा रहेको जानकारी दिनुभयो । 

शिवहरी बसिलाका एक मात्र छोरा सुजन नेपालबाट नै छिट्टै साथि बनाउन सक्ने स्वाभवका  थिए, उनि फुकुओकामा धेरै युवाले चिन्ने नेपाली युवामा पर्ने गर्दथे , साथिहरुसग बस्ने, घुम्न मन पराउने सुजन अन्ततआफ्नै साथिको हातबाट मारिन पुगे । सुजन बर्सिला परिवारको एकमात्र छोरा हुन, सुजनका एक बहिनी पनि छन । 

आईतबार जापानको फुकुओकामा सम्पन्न अत्येष्टीमा  नेपाली राजदूतबासको तर्फबाट दिपक देवकोटा, सुजनका आफन्त माधवसिग्देल, सुजन अध्ययन गर्ने विद्यालयका प्रन्सिपल, एनआरएन क्युस्युका संयोजक अर्जुन बगाले, धर्म अधिकारी, हस्त लामा, भिमगुरुङ,माधव सिग्देल, किरण बर्मा, सुलब दवाडी,प्रकाश लामिछाने, पुरुषोत्तम सिग्देल, विष्णु त्रिपाठी,राजन खरेल लगायतकाब्यक्तिहरुको उपस्थितीमा अन्तिम क्रिया सम्पन्न भएको हो । 

मृतक सुजन ३ बर्ष अघि जापानिज भाषा विद्यार्थीका रुपमा जापानको फुकुओका आएका थिए ।

दुई नेपाली युवा प्रहरी हिरासतमा

नयॅा बर्षको रमाईलो गर्न र पुरानो साथिहरु सगै बसेर खानपिन गर्न बसेका साथिहरुलाई सुजनको हत्यारा भएको भन्दै जापान प्रहरीले सुजनका साथि दुई नेपाली युवालाई हिरासतमा राखेको छ ।

पोष्टमार्टम रिपोटमा सुजनको अनुहारमा सहित शरिरमा पनि चोटको आलो दाग देखिएको र मृत्यू घॅाटि थिचि स्वास रोकिएको कारण प्रहरीले सगै रात विताएका दर्लामि र ढकाल थरका दुई युवालाई अनुसन्धनका लागि प्रहरी हिरासतमा राखिएको जानकारी दिएको टोकियो स्थित नेपाली राजदूतबासले बताएको छ । श्रोतका अनुसार दुबैले आरोपीले सगै बसेर रात बिताए पनि दुबैले हत्या स्विकार नगरेको बताईएको छ । प्रहरीको रिपोर्ट अझै सार्वजानिक गरिएको छैन ।

सहयोग संकलन जारी 

उच्च शिक्षा सहित घरपरिवारको आर्थिक स्थिति सुधार्ने योजना सहित जापान आएको ३ बर्षमा नै साथिहरुबाट हत्या भएपछि सुजनको शब ब्यवस्थापन गर्न एवं परिवारमा आर्थिक सहयोगका लागि गोर्खा समाज जापानको संयोजनमा आर्थिक सहयोग संकलन शुरु गरिएको गोर्खा समाज जापानका अध्यक्ष सिएम भट्टाराईले जानकारी दिनुभयो । 

गोर्खा समाजको संयोजनमा एनआरएन जापान, लगायतका सस्थाका प्रतिनिधिहरु सम्मिलित समित बनाई सबै काम भईरहेको गोर्खा समाजले जानकारी दिएको छ ।

ताजा समाचार