टोकियो
नेकपा माओवादी केन्द्रको प्रवाश भातृ सगठन नेपाली जनप्रगतिशिल मंच जापानको अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित भएका छन ।
आईतबार टोकियोमा सम्पन्न मंचको अधिवेशनले वरिष्ट उपाध्यक्षमा मोहन पौडेल एवं उपाध्यक्षहरुमा श्रवण सत्याल, जनक सुवेदी, एचआर गौतम,स्यामहरी पान्डे र नवराज गौतम निर्वाचित भएका छन ।
महासचिवमा बाबुराम पौडेल उपमहासचिवमा दावा शेर्पा,रामकृ्ष्ण भन्डारी र शिबु थापाले जिम्मेवारी पीएका छन ।
सचिवमा बेनुका खडका, खगराज गौतम,अर्जुन अम्गाई,गौरी शंकर गैरे र रामकृष्ण भन्डारी त्यसैगरी कोषध्यक्षमा भुवन हुमागाई सहकोषध्यक्षमा धुब्र अधिकारी र गौरी शंकर सापकोटा चयन भएका छन ।
सदस्यहरुमा शिशिर न्यौपाने, बिनोद राई, राजन पन्त,मदन थापा,राम बहादुर खत्री, बलराम थिङ, सागर लामा, केशव भट्टराई,स्याम गिरी, मनिता मोक्त्तान,भरत अर्याल, राजु भन्डारी,सचिन नेपाल, राजु केसी,प्रकाश सापकोटा,कर्साङ लामा,जिवन पोख्रेल,गिर बहादुर तामाङ र पवन तामाङलाई निर्वाचित गरेको छ ।
नेतृत्वका लागि शालिकराम भन्डारी, भवानी पन्त र रामहरी पुडासैनिको दावि रहेपनि पन्तको नाममा सहमति भएपछि अधिवेशनले सर्वसम्मतिले कार्यसमिति चयन गरेको हो ।
अधिवेशनको खुल्ला शत्रमा जापानमा क्रियाशिल संघ सस्थाका अध्यक्षहरुले शुभकामना ब्यक्त गरेको कार्यक्रममा माओवादि समर्थक कलाकारहरुले जनवादी गित र रचनाहरु प्रस्तुत गरेका थिए ।