टोकियो
अफ्रिकि मुलुकमा देखा परेको ओमिक्रोन नामक भाईरसको तिब्र बृद्धि भईरहेको भन्दै जापान सरकारले मंगलबारबाट जापान प्रवेश गर्ने सम्पुर्ण बिदेशी नागरिकलाई रोक लगाएको छ ।
जापान सरकारले बिजनेश, विद्यार्थी र प्राविधिक कामदारहरुलाई जापान प्रवेशको अनुमति दिएकोमा जापानि प्रधानमन्त्री किसिदाले सोमबार सबैलभिषा बाहक विदेशीलाई जापान आउन मंगलबारबाट प्रवेशमा रोक लगाएको घोषण गरेका छ ।
जापान आउन नेपाली नागरिकलाई अझै समय लाग्ने ।
नेपालबाट बिभिन्न भिषामा जापान प्रबेशमा गर्ने तयारी गरिरहेका विद्यार्थी, बिभिन्न पेशा ब्यबसाय र रोजगारको सिलसिलामा जापान आउने नेपालीहरु पुन जापान प्रबेशमा समय लाग्ने भएको छ ।
योसगै जापानले क्वारेन्टाईन नियमलाई पनि कडा बनाएको छभने होटेल क्वारेन्टाईनमा बस्नै पर्ने नियम बनाईको छ ।