मित्रराष्ट्र जापानबाट कूटनितिक सम्बन्ध मार्फत लाभ लिन अनुरोध गर्दै एनआरएन जापानद्दारा परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र

काठमान्डौ

गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानले नेपाल र जापानको एतिहासिक सम्बन्धलाई उचित प्रयोग गर्दै जापानमा बसोबास गर्दै आईरहेका नेपालीहरुको लाभका लागि ध्यानआकर्षण गर्दै पराराष्ट्रमन्त्री डा. नारायण खडकालाई ७ बुदे ज्ञापन-पत्र बुझाएको छ ।

मंगलबार नेपाल सरकारका परराष्ट्रमन्त्री डा नारायण खडकालाई भेटगरी बिभिन्न सात बुदाको ज्ञापन पत्र बुझाईएको एनआरएन जापानका महासचिव सिद्दार्थ श्रेष्ठले जानकारी दिनुभयो ।

एनआरएन जापान जापानका अध्यक्ष शिव प्रसाद पौडेल, उपाध्यक्ष रामकृष्ण श्रेष्ठ, राजकुमार अधिकारी, यूवा संयोजक राकेश रुम्बा, निर्वतमान एनआरएनए जापानका प्रवक्त्ता पर्शु बस्नेतको टोलिले मंगलबार परराष्ट्रमन्त्री डा नारायण खडकालाई भेटि जापानमा रहेका नेपालीहरुको अवस्था, कोभिड १९ को महामारीमा एनआरएन जापानको भूमिका एवं आगमि दिनको योजनाहरुका बारेमा मन्त्री खडकालाई पौडेलले जानकारी गराएको भेटपछि अध्यक्ष पौडेलले निष्पक्ष न्यूजलाई बताउनु भयो ।

भेटमा पौडेलले नेपाल- जापान सम्बन्धमा अत्यन्तै राम्रो रहेको भन्दै जापानबाट नेपालीहरुले लिन सक्ने सुविधाहरुका बारेमा स्पष्ट पार्नु भएको थियो ।

एनआरएन जापानद्दारा परराष्ट्रमन्त्री खडकालाई बुझाईएको ज्ञापन पत्र

ताजा समाचार