टोकियो
जापान सरकारले जापानिको भिषा प्राप्त गरेको सिईओ, भिषा भएको एवं कोरोना कालमा आपनो देशमा नै रहेको समयमा भिषा सकिएकाहरुलाई जापान प्रवेश गर्न दिने निर्णय गरेसगै जापान प्रवेशको पर्खाईमा रहेकाहरुमा खुशीयाली छाएको छ ।
जापान सरकारको पछिल्लो निर्णय पछि अन्तर्राष्ट्रिय विद्यार्थी र प्राविधिक प्रशिक्षणको लागि आउने विदेशीहरुको लागि प्रवेश खुलाउन लागेको हो । यसैगरी ब्यवसायीहरुलाई पनि जापान भ्रमणमा प्रवेश दिने भएको छ । यो निर्णयसगै जापान प्रवेशको पर्खाईमा रहेका हजारौ विदेशी जापान प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।
जापानले पहिलो चरणमा पर्यटकहरूलाई प्रवेशमा भने अझै समय लाग्ने बताएको छ । सरकारले यही साताभित्र नीतिगत परिवर्तन घोषणा गर्ने र कार्यान्वयन यसै महिनाबाट सुरु गर्ने तयारी गरेको एजेन्सीहरुलो बताएका छन ।
छोटो अवधिका व्यवसायिक यात्रुहरूका लागि क्वारेन्टाइन आवश्यकता अब १० दिनबाट खोप लगाइएका आगन्तुकहरूका लागि तीन दिनसम्म घटाइनेछ । विदेशी नागरिकलाई भ्रमणमा बोलाउने कम्पनी र संस्थाहरूले उनीहरूको गतिविधिको अनुगमन त्यहि कम्पनीले गर्ने भएको छ । जारी क्वारेन्टाइन भने विदेश भ्रमणबाट फर्केका जापानी नागरिकहरूमा पनि लागू हुनेछ ।
जापानले जनवरीमा कोभिड संक्रमण बढेपछि जापान प्रवेशमा थप कडाई गरेको थियो । जुन समयमा संक्रामक कोरोना भाइरस भेरियन्टहरू फैलन पुगेको थियो । त्यस यता जापानले असाधारण परिस्थितिमा परेका विदेशीहरूलाई बाहेक केवल पुन प्रवेश अनुमति भएका र जापानी नागरिकका पति, पत्नी र छोराछोरीहरूलाई प्रवेश अनुमति दिंदै आएको थियो ।
यो निर्णयसगै सिओई पाएका तर जापान प्रवेश गर्न नपाएकाहरुले अब विस्तारै जापान प्रवेश गर्न सके भएका छन ।