तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर २१ मा हुने ।

जापानको पुरानो सक्रिय संस्था तमु धीं जापानको १९ औं अधिवेशन नोभेम्वर २१ आईतबार टोकियो स्थित मुरा हस सोलमरीमा हुने भएको छ ।

१९९५ मा स्थापित संस्था तमु धीं जापानले विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको छ । संस्थाका पुर्व अध्यक्ष याम तमुको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन मण्डल तय गरिएको संस्थाका महासचिव चित्र तमुले जानकारी दिनुभएको छ । सदस्यहरुमा पुर्व अध्यक्ष हर्क तमु र श्री तमु लाई चयन गरिएको छ ।

अकेटोवर २४ मा बसेको धींको सर्वपक्षिय वैठकले सो निर्णय गरेको हो । अधिवेशनमा सम्पूर्ण आजिवन सदस्यहरु, साधारण सदस्यहरु र जापानवासी सम्पूर्ण तमुहरु सहभागी हुन सक्ने भएकाले सहभागी भईदिनु हुन धींका अध्यक्ष सौगात तमुले अनुरोध गर्नुभएको छ । सोही वैठकमा ल्होसार २०२१ पनि जनवरी २ तारिख भव्य तरिकाले टोकियोमा मनाउने भएको छ । केरोना कहरका कारण यसपटक नेपालबाट कलकार ल्याउन सम्भव नरहेकोले स्थानिय कलकारहरुको उपस्थितमा ल्होसार मनाउने भएको छ ।

यसैगरि २७ औं ल्होसार साँझ २०२१ को लागि उपाध्यक्ष सोममया तमुको संयोजक र साँस्कृतिक संयोजक मान तमुको सह-संयोजकमा ल्होसार आयोजक समिति गठन गरिएको छ । यसैगरि कोविड-19 का कारण अल्पयुमै निधन भएका सुर्जमान तमुको परिवारलाई ८८१,४११ येन सहयोग रकम हस्तान्तरण गरेको छ ।

यसै बिच बड़ा दशै र दिपावलीको अवसरमा शुभ कामना आदान-प्रदान कार्यक्रम तथा च्यारीटी डिनरबाट संकलित रकम १ लाख रुपैयाँ पोखरा रामघाट गुम्बामा निर्माणाधीन बातावरण मैत्री बिधुतिय सवदहन गृहलाई सहयोग गर्ने धीले जनाएको छ।

ताजा समाचार