टोकियो
महिलालाई कुटपिट र दुरब्यबहार गरेको अभियोगमा जापानको राजधानी टोकियोबाट ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ परेका उनिहरुले डेटिङ् एप्लीकेसन ( सामाजिक संजाल)बाट चिनजान भएकी एक विदेशी युवतीलाई कुटपिट गरेको आरोपमापक्राउ गरिएको जापानि संचार माध्यमले जानकारी दिएको छ ।
२४ वर्षिय गुरविंदर सिंह सहित ३ जना भारतीय युवाहरुले डेटिङ् एप्लिकेसनबाट चिनजान भएकी एक विदेशी( नाम र मुलुकनखुलाईएकी)३० वर्षिय युवतीलाई भेट्न बोलाई,उनकै घरमा खानपिन गरेपछि उक्त कुटपिटको घट्ना भएको बताईएको छ ।
घटना गत अगस्ट महिनामा,टोकियोको ओता वडामा घटेको बताईएको छ । यो खबर जापानी समाचार माध्यमहरुमा हिजो( अक्टोबर १तारिख) प्रकाशन भएको छ भने, उनिहरु कहिले पक्राउ परेका भन्नेबारे केहि खुलाईएको छैन ।