जापानका लागि नेपाली राजदूत प्रतिभा राणा नेपाल फिर्ता हुँदै

टोकियो ।
नेपाल सरकारले हालै गरेको निर्णय अनुसार जापानका लागि नेपाली राजदूत फिर्ता हुनुहुने भएको छ ।

एक कार्यकाल सकिए पछि पनि अर्को ब्यबस्था नहुँदा सम्मका लागि राजदूतको कार्यकाल निरन्तर गर्नका लागि केपि ओली प्रधानमन्त्री हुँदा नै पत्र प्राप्त गर्नुभएकी राणाले, गठबन्धन सरकारका प्रधानमन्त्री शेर बहादुर देउवा सरकारको मन्त्री परिषदको बैठकले केपि ओलि सरकारका समयमा भएका विभिन्न देशहरुमा रहेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरे अनुसार परराष्ट्र मन्त्रालयले जापानका राजदूत राणालाई पनि एक महिना भित्र नेपाल फर्कन पत्राचार गरेका कारण आगामी अक्टोबर ८ तारिक नेपाल फर्कने तयारी भएको दूतावास स्रोतले जानकारी दिएको छ ।

राजदूत राणाको लामो कार्यकालमा, नेपालकी राष्ट्रपतिको जापान भ्रमण, कोरोना महामारीमा जापान सरकारको सहयोग, संकटकालिन अवस्थामा चाटर्र फ्लाईट, जापानका तत्कालिन प्रधानमन्त्री सिन्जो आवे एवं सत्ताधारी दलका नेता एवं नेपाल जापान संसदिय समितिका अध्यक्ष निक्केई सेन्सेईसंगको सम्बन्ध समुधुर हुनुका साथै नेपाललाई जापान सरकारबाट हुने सहयोग, अनुदान एवं मैत्रीपूर्ण वातावरण बनाउन राम्रो भूमिका खेलेका जस्ता राम्रो कामहरु गरेको प्रशंसकहरु बताउँछन् । राजदूत राणालाई जापानबासी नेपालीहरुले सहजताका साथ सम्पर्क गर्न नसक्ने जन गुनासो पनि रहेको छ । दूतबासका कर्मचारीका अनुसार तोकतेकि गिनोउ भिषामा नेपाल अन्तिममा पर्नु राजदूत राणाको जापान बसाईको उपलब्धी भएको बताउनेहरु पनि छन ।

राप्रपा कोटाबाट राजदूत सिफारीस हुनु भएकी राणाको कार्यकाल ४ बर्ष ४ महिना पुरा भएसंगै आफ्नै ज्वाई शेर बहादुर देउवा प्रधानमन्त्री रहेको सरकारले उहाँलाई फिर्ता बोलाउने निर्णय अप्रत्यासित भएको धैरेले बताएका छन ।

ताजा समाचार