अन्तत: नेपालबाट जापान आउने बाटो खुल्यौ,जापानले लगाएको यात्रा प्रतिबन्ध हटाउने धोषणसगै हजारौ नेपालीहरुलाई राहत

टोकियो

कोभिड १९ संक्रमण पछि जापान सरकारले नेपाल लगायत बिभिन्न देशका नागारिकलाई जापान प्रवेशमा लगाएको यात्रा प्रतिबन्धको मारमा परेका हजारौ नेपालीहरुले राहत पाउने भएका छन ।

शुक्रबार जापान सरकार,परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार, कोभिड १९ संक्रमण नियन्त्रणका लागि जापान सरकारले नेपाल लगायत दक्षिण एसियाली देशहरु भारत, अफगानिस्तान,बंगलादेश,श्रीलंका र माल्दिभ्समा लगाईएको यात्रा प्रतिबन्ध यहि सेप्टेम्बर १९ तारिखबाट हटाउने सूचना जारी भएपछि नेपाल लगायतका देशहरुमा महिनौँ रोक्किनु परेका हज्जारौँ नेपालीहरुलाई राहत हुने भएको हो ।

जापान सरकारले जारी गरेको सूचना अनुसार तिन दिन होटेल क्वारेनटाईन पछि यात्रु निजि वहान प्रयोगगरी आपनो घर जान सक्ने छन । घरमा १४ दिनको घर क्वारेनटाईनलाई कडासग नियमन गरिने छभने यदि नियमहरु पालन नभए भिषा रद्द गर्न समेत सकिने जनाएको छ ।

भिषा भएर पनि कोभिड १९ का कारण नेपालमा नै रोकिएका नेपालीहरुको पटक पनि पुन प्रवेशवालाहरुको लागि खुल्ला हुने व्यहोरा उल्लेख भएता पनि,नयाँ भिसा बाहकहरुको लागि यस पटकको सूचनामा पनि खासै केहि उल्लेख गरिएको छैन ।

ताजा समाचार