टोकियो
जापानको राजधानी टोकियो लगायतका २१ ओटा प्रान्तका जारी आपतकाललाई निरंतरता दिने जापान सरकारले विह्बार निर्णय गरेकोछ ।
टोकियो लगायताका प्रान्तहरुमा दैनिक संक्रमित हुने संख्यामा कमि हुँदै आएको भएतापनि, गम्भीर बिरामीहरु सहित मृत्यू दर नियन्त्रण हुन नसकेको एवं उपचारका लागि अझै अस्कापतालको अभाव कायम रहेको भन्दै आपतकाललाई निरंतरता दिएको हो ।
विहिबार जापानका प्रधानमन्त्री यसोहिदे सुगाले कोरोना विरुद्दको अभियानलाई अझै सजिलैसग लिन नसकिने एवं जनताको स्वास्थ्य अवस्थालाई सामान्य बनाउन समय लाग्ने बताउदै आपतकाल जारी राख्नु परेको बताउनु भयो ।
जापान सरकारले कोरोना बिरुद्द सचेत रहन आग्रह गर्दै रेष्टुरेन्ट लगायताक सेवाहरुलाई साझ ८ बजे सम्म संचालन गर्न समय तोकेको छ ।