जापानमा जारी आपतकाल टोकियो लगायतका प्रान्तहरुमा लम्बिने, औपचारिक निर्णय हुन बाकी

टोकियो

जापानको राजधानी टोकियो लगायतका २१ ओटा प्रान्तका जारी आपतकाल तथा १२ ओटा प्रान्तमा जारी अर्ध आपतकाल केहि स्थानहरुमा सेप्टेम्बर १२ पछि पनि लम्बिने भएको छ ।

दैनिक संक्रमित संख्यामा केहि सुधार हुँदै आएको भएतापनि, गम्भीर बिरामीहरु सहित मृत्यू दर बढेको एवं अस्पातल अभाव अझै बढ्दो क्रममा रहेको छ । यहि अवस्थामा हाल कायम आपतकालिन् अवस्था सबै प्रान्तहरुमा हटाउँदा केहिदिनमै पुन: संक्रमण महामारी फैलिने सम्भावना रहेको परिस्थिति विश्लेषण सहित टोकियो, ओसाका लगायतका अति प्रभावित क्षेत्रहरुमा आपतकाल लम्बाउने विषयमा सरकारले विभिन्न सरोकारवाला मन्त्रालय तथा विषय विज्ञहरुसंग छलफल तीव्ररुपमा अघि बढाएको छ ।

आपतकाल कति बढाउने भन्ने बारेमा जापान सरकारले सेप्टेम्बार ९ तारिख धोषण गर्ने जापानी समाचार माध्यमले जनाएका छन ।

ताजा समाचार