टोकियो
जापानको सेन्दाईमा विद्यार्थी भिषामा आएका नेपाली युवा कुवेर धामीको आईतबार निधन भएको छ ।
शनिबार कामबाट आई सुतेका धामी कहिल्यै नउठनेगरी निदाएका छन । शनिबार साथिहरुसग खाना खाई सुतेका धामी विहान काम जाने समयमा पनि नउठे पछि उनका साथिहरुले प्रहरीलाई खबर गरेका थिए ।
नेपाल महेन्द्र नगर घर भएका धामी विद्यार्थी भिषामा बिगत २ अगाडी विद्यार्थी भिषामा जापानको सेन्दाई आएका थिए । जापानिज भाषा स्कूल सकाएर मारुची सेन्मोन गाक्कोमा अध्ययनरत धामीको शवलाई पोष्टमार्टमका लागि प्रहरीले लगेको एनआरएन जापान सहकोषध्यक्ष दिपक सुनारले जानकारी दिएका छन ।
धामीको परिवारको सल्लाहपछि शवलाई ब्यबस्थापव गरिने भएको छ ।