एनआरएन जापानको नव निर्वाचित समितिको सपथ ग्रहण अनिश्चित, अध्यक्ष मन्डलले अनलाईन भोटिङको छानविन गर्ने

टोकियो

शुक्रबार सम्पन्न भएको एनआरएन जापानको अनलाईन मतदानमा धॅाधली भएको भन्दै उजुरी परेपछि अध्यक्ष मन्डलले छानविन गर्ने निर्णय गरेको छ ।

दशौ अधिवेशन पछि सम्पन्न भएको अनलाईन भोटिङमा पराजित भएका उम्मेदवारहरुले अध्यक्ष मन्डल, निर्वाचन समिति सहित आईसिसिलाई छानविन गर्न अनुरोध गर्दै उजुरी परेपछि अध्यक्ष मन्डलले एनआरएन जापानको संस्थापक अध्यक्ष राजन प्रधानाङ संयोजक रहेको छानविन समिति बनाई छानविन गर्ने जनाएको छ ।

आईतबार अध्यक्ष मन्डलले एक सूचना जारी गर्दै छानविन गरिने निर्णय गरेपछि सपथ र पदास्थापन कार्यक्रम अनिश्चित भएको हो ।

शुक्रबार सम्पन्न अनलाईन मतदानमा ७ हजार भन्दा बढी मत खसेको थियो ।

ताजा समाचार