ओसाका
ओसाकामा आईतबार सम्पन्न भएको जापानको दशौ अधिवेशनमा पनि विबाद देखिएको छ ।
तोकिएको समय भन्दा ढिलागरी शुरुभएको उदधाटन समारोह पछि प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमा मध्ये कोषध्यक्षको प्रतिवेदन होहल्ला बढेपछि रोकिएको छ । महासचिव जनक बिक्रम शाहीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन सुझाव सहित पास भएपनि कोषध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनको प्रश्नउत्तर समयमा होहल्ला भएको थियो । कार्यसमितिका केहि सदस्य सहित प्रतिनिधिहरुले प्रश्न गर्दै गर्दा होहल्ला हुन पुगेको थियो । होहल्ला विच केहिले पास भएको एवं केहिले पास नभएको होहल्ला विच समय सकिएको भन्दै सबैलाई हलबाट बाहिरा निकाले पछि आर्थिक प्रतिवेदन विबादित बन्न पुगेको हो ।
त्यसैगरी महासचिवले पेश गरेको तर पछि वाचन गर्ने भनिएको विधानका बारेमा पनि प्रश्न आएको थियो त्यसको उत्तर भने दिईएन विधानका विषयमा कसरी छलफल गर्ने विषयमा कुनै निर्णय हुन सकेको छैन ।
विधानको विषयमा अध्यक्ष मन्डलले पछि छलफल गर्नेगरी थाती राखिएको भएपनि हलको समय सकिएको कारण थप छलफल हुन नसकेको हो ।
सबैलाई समेटने एनआरएन अभियान हुनुपर्छ:- हिराचन
एनआरएन ए जापानको ओसाकामा आईतबार सम्पन्न दशौ अधिवेशको उदधाटन गर्दै एनआरएन ए आईसिसिका पूर्व अध्यक्ष देवमान हिराचनले सबैलाई समटेनेगरी एनआरएन अभियान हुनु पर्ने बताउनु भयो । ज्ञान सिप र प्रविधिहरु स्वदेशमा लैजानु पर्नेमा जोडदिदै जापानबाट धेरै विषय सिक्न सकिने बताउनु भयो ।
एनआरएनए जापानका काबा अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको उदधाटन कार्यक्रममा नेपाली दूतबास जापानका उपनियोग प्रमुख अम्बिका जोशि, एनआरएन आईसिसिका कोषध्यक्ष महेश श्रेष्ठ, एसिया प्यासेफिक संयोजक रबिन्द्र श्रेष्ठ, पारशमणि पोख्रेल, एनआरएन जापानका सल्लाहकार रविन शेरचन, जनसम्पर्क समिति जापानका सभापति रोशन केसी, नेपाली प्रवशी मंच जापानका राजकुमार पन्डित र सुरेश केसी, जनप्रगतिशिल मंचका भवानी पन्त, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष मोहन घले, गल्कोट समाजका अध्यक्ष यम खत्री लगायतका वक्ताहरुले शुभकामना ब्यक्त गरेका थिए ।
एनआरएन जापानका निर्वाचन जुलाई ३० मा हुने
शनिबार बसेको अन्तिम बैठकले जुलाई २७ तारिख तोकिएको निर्वाचन तालिकालाई केहि हेरफेर गर्दै ३० तारिख गर्ने सर्वसम्मत गर्ने निर्णय गरेको छ । १७ सय नामहरुमा शंका देखिएको भन्दै त्यसो गर्नु परेको दावि गरिएपनि कसरी त्यसको समाधान निकाल्नेमा भने एनआरएन जापान र अनुगमन समिति नै अलमल देखिएको छ ।
यसैविच एनआरएन जापानको ओसाकामा दशौ अधिवेशनको उदधाटन सत्र भईरहदा निर्वाचन समितिका संयोजकले सल्लाह विना ३ दिन मिति सारेको भन्दै खेद प्रकट गरेका छन ।
निर्सवाचन समितिका संयोजक नेत्र प्रसाद भन्डारीले जारी गरेको विज्ञप्तीमा एनआरएन जापानको कार्यसमिति एवं अनुगमन समितिको बहुमत सदस्यले निर्वाचन समितिसग सल्लाह बिना नै निर्वाचनको मिति सारेको जानकारी पाउदा दुख लागेको बताएको छ ।