ओसाका
एनआरएन जापानको ओसाकामा दशौ अधिवेशनको उदधाटन सत्र भईरहदा निर्वाचन समितिका संयोजकले सल्लाह विना ३ दिन मिति सारेको भन्दै खेद प्रकट गरेका छन ।
निर्सवाचन समितिका संयोजक नेत्र प्रसाद भन्डारीले जारी गरेको विज्ञप्तीमा एनआरएन जापानको कार्यसमिति एवं अनुगमन समितिको बहुमत सदस्यले निर्वाचन समितिसग सल्लाह बिना नै निर्वाचनको मिति सारेको जानकारी पाउदा दुख लागेको बताउदै समितिले आईतबार सॅाझ सम्म आधिकारीक धारण सार्वजानिक गर्ने बताएको छ ।
निर्वाचन समितिले तिनबुदामा आपनो धारण सार्वजानिक गर्दै निम्न विकल्पहरू अघि सारेको छ ।
१. कार्य समितिको निर्णयानुसार मतदान गराउने
२. कार्य समितिको निर्णयलाई खारेज गरि पूर्व निर्धारित मितिमै मतदान गराउने
३. निर्वाचन समितिबाट राजीनामा गरि अन्य उपायहरूको लागि बाटो खुल्ला गरिदिने लगायतका रहेका छन ।
समितिका सॅयोजकले जारा गरेको विज्ञप्ती
श्री जनक बिक्रम शाही
महा सचिव
एन आर एन ए रा स प, जापान
जानकारीका लागि धन्यवाद। निर्वाचन समितिका तर्फबाट पूर्व निर्धारित कार्यक्रम अनुसार जुलाई २७ को बिहान १०:०० देखि साँझ ८:०० सम्म मतदान गराउने तयारी सम्पूर्णरुपले सम्पन्न भैसकेको र मतदान मिति सार्ने अनुगमन समितिका बहुमत सदस्यहरू र कार्य समितिका केहि सदस्यहरूको मौखिक चाहना बिरुद्धको हाम्रो कड़ा प्रतिवाद र अनुरोधका बाबजुद हिंजो जुलाई २४ मा बसेको कार्य समितिको विशेष बैठकले मतदान मिति ३ दिनले पछाडि धकेल्ने निर्णय गरेकोमा निर्वाचन समिति खेद प्रकट गर्दछ।
मतदाता नामावली सम्बन्धि कुनैपनि विवरण र त्रुटीहरू निर्वाचन समितिको कार्याधिकार र कार्यक्षेत्र नरहेको कुरा यहाँहरू सम्पूर्णलाई हामीले भनिरहनु पर्दैन। निर्वाचनको प्रकृया चलिरहेकै अवस्थामा मतदाता र उम्मेदवारहरूको सहमति बिनानै गरिएको यो निर्णयले सम्पूर्ण निर्वाचन प्रकृयालाई विवादमा पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै तत्कालका लागि निर्वाचन समितिले मतदान मिति जुलाई ३० तारीखमा सार्ने यो निर्णयलाई निर्वाचन समिति भित्र पनि छलफल गर्नुपर्ने देखेकाले निम्न तिन विकल्पहरुमा केन्द्रित भइ निर्वाचन समितिका अबका सम्भावनाहरूका बारेमा आज साँझसम्ममा जानकारी गराउनेछौं।
विकल्पहरू:
१. कार्य समितिको निर्णयानुसार मतदान गराउने
२. कार्य समितिको निर्णयलाई खारेज गरि पूर्व निर्धारित मितिमै मतदान गराउने
३. निर्वाचन समितिबाट राजीनामा गरि अन्य उपायहरूको लागि बाटो खुल्ला गरिदिने
यस निर्वाचनलाई केहि हदसम्म विवादरहित बनाउने निर्वाचन समितिका हामी सबैको निश्पक्ष प्रयासमा कुनै न कुनै रुपले नचाहँदा नचाहँदै पनि विवाद शृजना गराउने यहाँहरू लगायतको प्रयासको पुन: एक पटक कडा प्रतिवाद गर्दै खेद प्रकट गर्दछौं।
धन्यवाद।
नेत्र प्रकाश भण्डारी
निर्वाचन समितिका तर्फबाट