टोकियो
दुई दशक जापान बसाईको अनुभव र युवाहरुलाई सामाजिक अभियानमा जोड्ने उदेष्य सहित एनआरएन जापानको दशौं अधिवेशनमा बिकास श्रेष्ठले आईसिसि सदस्यमा आपनो उम्मेदवारी दिने धोषण गरेका छन ।
जापानिज भाषा अध्ययनका लागि जापान आउने नेपाली विद्यार्थीहरुको लागि लामो समय काम गरेका श्रेष्ठले जापानमा थोरै नेपालीहरुले संचालन गर्ने जापानिज बार सहितको रेष्टुरेन्ट ब्यबसाय, रेमिटेन्स, रियल स्टेट (फुदोउदोस) लगायतका ब्यबसायहरु सफलताका साथ संचालन गरिरहेका छन । श्रेष्ठले एनआरएनए जापानका सल्लाहकार, एनआएनए निर्वाचन समितिको सदस्य रहेर काम गरिसकेका छन ।
त्यसैगरी जापानमा सक्रिय रहेको कास्की पोखरा समाज जापानको निर्वतमान अध्यक्ष बनिसकेका श्रेष्ठलाई स्पष्ट वक्ताका रुपमा हेर्ने गरिन्छ । नयॅा प्रविधि प्रति रुचि राख्ने श्रेष्ठले विगतमा एनआरएन जापानमा देखिएको अनियमितता नियन्त्रणका लागि प्रविधि र अनुभविलाई जिम्मेवारी दिन अनुरोध गर्दै एनआरएन अभियानमा निरन्तरता, समाजमा सक्रियता अनुभवमा निखारता, व्यवहारमा पारदर्शिता हुनु पर्ने बताउदै आफनो उम्मेदवारी दर्ता गरेको बताउनु भयो ।
सामाजिक कार्य गर्ने सबैलाई सहयोग गर्ने उदेष्यले ब्यबसाय प्रबर्धनका लागि निशुल्क डिजाईनिङ गरिदिने श्रेष्ठले आफु भन्दा अग्रज र अनुभवि उम्मेदवार भएमा समझदारी गर्न पनि सकिने बताउनु भयो ।
एनआएनए जापानको दशौं अधिवेशनको उदधाटन ओसाकामा जुलाई २५ तारिख हुनेछ भने मतदान २७ तारिख हुने निर्वाचन समितिले जानकारी दिएको छ ।