टोकियो
एनआरएन जापानको अध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ ।
आईसिसि सदस्य दधिवल खडका सहित कावा अध्यक्ष अनिता गुरुङ, शिव प्रसाद पौडेल, नरेन्द्र बस्नेत, सरोज कुमार खत्री, किरण बर्मा र नारायण खडका जना रहेका छन ।
त्यसैगरी १ वरिष्ट उपाध्यक्षमा नविन न्यूउरे र छत्र दाहाल दुई जनाको उम्मेदवारी परेको छ ।
४ उपाध्यक्षमा १२ जनाको उम्मेदवारी परेको छ भने एक महिला उपाध्यक्षमा कालिका थापा र संगिता सुबेदीको उम्मेदवारी परेको छ । एक जना महासचिव पदमा सिद्दार्थ श्रेष्ठ र टिकाराम खरेलको आवेदन परेको छ ।
त्यसैगरी दुई सचिवमा देवराज घिमिरे , शितल श्रेष्ठ महिला सचिवमा एलिजा केसी पनि निर्विरोध भए । तर पनि निर्वाचन समितिले धोषण गर्न बाकि छ ।
कोषध्यक्षमा सचिन श्रेष्ठ, कृण्ण गैरे एवं कृष्ण प्रसाद खनालको उम्मेदवारी परेको छ ।
त्यसैगरी सहकोषध्यक्षले २ जनाको उम्मेदवारी दिएका छन । महिला संयोजकमा अन्जु भन्डारी निर्विरोध भएका छन । युवा संयोजकमा २ जनाको उम्मेदवारी परेको छ, ७ केन्द्रिय सदस्य पदमा १७ जनाको उम्मेदवारी परेको छ ।
एनआरएन जापानको महिला सदस्य पनि निर्विरोध भएका छ ।
जापानबाट आईसिसिमा प्रतिनिधित्न गर्ने ६ पदमा ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन तालिका अनुसार १७ तारिखमा उम्मेदवारको नामवलि प्रकाशन र दावि बिरोध शुरु हुनेछ भने १९ तारिख राति १० सम्म आपनो नाम फिर्ता लिन सक्ने ब्यबस्था गरेको छ ।
एनआरएनए जापानको उदधाटन २५ ताखिखमा ओसाकामा हुनेछ भने अनलाईन मार्फत २७ तारिखमा मतदानको ब्यबस्था गरिएको र सोहि दिन साझ मतपरिणम धोषण गरिने छ ।