टोकियो ओलम्पिकमा खेलाडीको आगमनसगै, कोरोना संक्रमण हुने सख्यामा बृद्धी, नेपाली टोलि शनिबार आईपुग्ने

एजेन्सीहरु,टोकियो

जुलाई २३ बाट शुरुहुने टोकियो ओलम्पिक २०२० को उद्घाटन समोराहको एक साताअघि बिहीबार जापानमा खेलाडी र ओलम्पिकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो जानकारी अनुसार टोकियो ओलम्पिकमा भाग लिन जापान आईपुगेको ब्राजिलको जुडो टिमको ५ खेलाडी सहित सोहि खेलाडीहरु बसेको जापानी होटलका आठ कर्मचारीलाई कोभिड–१९ पोजिटिभ देखिएको छ भने रुसको रग्बी सेभेन्स टिमका एक सदस्यलाई संक्रमण भएपछि अस्पतालमा भर्ना गरिएको छ । टोकियो ओलम्पिकमा सहभागि हुन बिभिन्न देशका खेलाडी र अफिसियल आउनेक्रम जारी रहेको समयमा नै जापान आईपुगेका खेलाडीहरुमा कोरोना पोजिटिभ देख्ने क्रममा पनि बढ्त्तोरी आएको छ । यसले आयोजक जापानलाई थप चुनौती बढाएको छ  तर, जापानले जुलाई १ यता आठ हजार बढी जापान प्रवेश गरे पनि कोरोना पोजिटिभ देखिनेको सख्या नियन्त्रणमा नै रहेको जानकारी दिदै गरी यसले आयोजनालाई त्यति धेरै समस्या नपार्ने जनाएको छ ।

ब्राजिलको ३० सदस्यीय जुडो टिम आइतबार आइपुगेको थियो । पूर्वी जापानको मुनाकातामा हुने रग्बी सेभेन्समा रुसको टिमका एक सदस्यलाई कोरोना संक्रमण भएपछि उक्त खेलाडीलाई अस्पताल भर्ना गरिएको छ । १६ खेलाडी र अन्य १० जनासहितको रुसी टिम टोकियोमा जुलाई १० मा उत्रिएको थियो । यो टोली स्थानीयवासी र अन्य पदाधिकारीको सम्पर्कमा नरहेको बताइएको छ । टिमका अरू सदस्य क्वारेन्टाइनमा रहेका छन् । उनीहरूले बिहीबार नेगेटिभ आए शुक्रबार ट्रेनिङ गर्न पाउनेछन् । क्योदो समाचार एजेन्सीका अनुसार आयोजकले ६८ हजार दर्शक क्षमताको राष्ट्रिय रंगशालामा एक हजारभन्दा कम भीआईपी र प्रतिष्ठित व्यक्तिहरूको मात्रै उपस्थिति हुने बताएको छ ।

टोकियोमा विहीबार १२ सय ७१ जनामा संक्रमण भएको पाइएको थियो ।

यसै विच टोकियो ओलम्पिकमा सहभागि हुन शुक्रबार राष्ट्रिय खेलकूद परिषदका सदस्य सचिव रमेश सिलवालको नेतृत्वमा पॅाच खेलाडी सहित २६ अफिसियल सहभागि हुने भएका छन । जुलाई २३ बाट शुरुहुने टोकियो ओलम्पिकमा सहभागि हुन खेलाडी सहित अफिसियल शनिबार आईपुग्ने टोकियो आउने नेपाल ओलम्पिक कमिटिले जानकारी दिएको छ ।

पौडिका दुई खेलाडी र प्रशिक्षक भने जापान आईपुगि सकेका छन ।

ताजा समाचार