एनआरएन जापानको सचिव पदमा देवराज उप्रेतीले उम्मेदवारी दिने

टोकियो

एनआरएन जापानको २०२१-०२३ कार्यकालको लागि अधिवेशन नजिकिदै गर्दा उम्मेवारी धोषण गर्ने पनि बढेका छन । एनआरएन जापानको सचिव पदमा क्युसुका निर्वतामान संयोजक देवराज उप्रेतीले उम्मेदवारी दिने धोषण गर्नु भएको छ । देवराज उप्रेतीको प्रतिबद्दताहरु:-

जापानबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा नमस्कार,

म उज्जल भविष्य निर्माणको सपना लिएर सन २०११ मा विद्यार्थी भिषामा जापानको फुकुओका शहरमा आएको थिए।सुरुवाती दिनहरुमा म आफु पनि विद्यार्थी जिबनमा संघर्ष गर्दै थिए तर पनि समस्यामा पर्नु भएका नेपाली दाजु भाइ तथा बहिनीहहरुलाई मैले सक्ने सहयोग गर्दै आइरहेको थिए।

जापानमा मैले सामाजिक यात्राको औपचारिक सुरुवात एनआरएनए जापान क्युस्यु कार्यसमिति २०१५-२०१७ कार्यकालमा सदस्य पदबाट सुरुवात गरेको थिए।आज सम्म निरन्तर रुपमा एनआरएनए जापान क्युस्यु क्षेत्रीय समितिमा प्रतक्ष्य रुपमा सहभागी भएर निस्वार्थ भावनाले सक्रिय एवं पारदर्शी रुपमा आफुले सक्ने सामाजिक कार्यहरु गर्दै आइरहेको छु।एनआरएनए जापान क्युस्यु क्षेत्रीय समिति २०१५-२०१७ कार्यकालमा सदस्य र त्यहि कार्यकालमा सचिवको जिम्मेवारी सम्हाल्दै २०१७-२०१९ कार्यकालमा उपसंयोजक र २०१९-२०२१ कार्यकालमा संयोजक पदको जिम्मेवारी रहेर निस्वार्थ भावनाले कार्यसम्पादन गरिसकेको छु।

मैले जिम्मेवारी लिएको पदहरुमा विगतका दिनहरुमा के कति न्याय गर्न सके भन्ने तपाईहरुले मूल्याँकन गर्नु भएको छ भन्ने निश्वास लिएको छु र आगामी दिनहरुमा तपाईहरुले अमुल्य मत दिई एनआरएनए जापानको जिम्मेवारी दिनु भएको खण्डमा निस्वार्थ भावनाले सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। हुनत सामाजिक कार्य गर्नको निमित्त पद नै चाहिन्छ भन्ने छैन र मैले उम्मेद्वारी दिएको पदमा बिजयी हुन सकिन भने पनि म आफुले सक्ने सामज प्रतिको जिम्मेवारी पुरा गर्ने नै छु।एनआरएनए जापान प्रति जापान बासी नेपालीहरुको आसा एवं विस्वास कम हुदै गइरहेको र संस्था प्रति नै वितृष्णा जागरण भइरहेको देख्दा म अत्यन्त दुःखी भयको छु।संस्था आफैमा नराम्रो चिज हैन यसमा आबद्ध केहि व्यक्ति गलत हुन सक्छन। यो संस्थालाई आम जापनबासी नेपालीहरुले अपनत्व लिन सक्ने, विश्वास गर्न सक्ने र साच्चै जापानबासी नेपालीहरुको सुख दु:खको साथीको साथ साथै अबिभाबकिय संस्था हो भनी विश्वास गर्न सक्ने संस्था निर्माणमा मेरो पहिलो प्राथमिकता रहने छ।

साथै ,हाम्रो देश नेपालको विकासको लागि हामीले जापानबाट सिकेका अनुभब,जापानको प्रवाधि र पुजि लाई नेपालमा भित्र्याउन एनआरएनए आइसिसि तथा नेपाल सरकार सग समन्वयन गर्ने प्रयास गर्ने छु।यो संस्थाको साख लाई माथि उचाल्नको लागि निस्वार्थ भाबनाले समाजिक कार्य गर्न इच्छुक महानु भाबहरु लाई जात,धर्म,भुगोल र राजनैतिक आस्था भन्दा माथि उठेर मेरो साथ र सहयोग रहने छ। मलाइ पनि यसै गरी जात,धर्म,भुगोल र राजनैतिक आस्था भन्दा माथि उठेर साथ दिनु हुने छ भन्ने आसा लिएको छु।यो पटक पनि मेरो विगतको संस्था भित्रको अनुभब लाई अत्मसाथ गर्दै आम जापानबासी नेपालीहरुको सेवामा समर्पित रहनको निमित एनआरएनए जापानको २०२१-२०२३ को कार्यकालको लागि सचिव पदमा उमेरद्वारी दिने योजना बनाएको छु।

आसा छ ,तपाईहरुले सल्लाह,सुझाब,साथ एवं सहयोगको साथै अमुल्या मत दिएर मलाइ बिजय गराइ दिनु हुनेछ। सदाझै यो पटक पनि एनआरएनए भित्र रहेर आम जापान बासी नेपालीहरुको सेवा गर्ने मौका दिनु हुने छ भन्ने मा आसाबादी हुदै आम जापानबासि नेपाली दाजु भाइ दिदि बहिनिहरु लाई हृदयदेखि नै हार्दिक अनुरोध गर्दछु।

जय एन अर एन ए

ताजा समाचार