एनआरएन जापानको वर्तमान कार्यसमितिमा महिला संयोजक रहनु भएको संगिता अधिकारी सुवेदीले आगमी २०२१-२३ कोलागि महिला उपध्याक्षमा उम्मेदवारी दिने धोषण गर्नु भएको छ ।
वर्तमान कार्यकालमा सबै भन्दा बढी नेपालीहरुलाई समस्या पर्दा प्रत्यक्ष सहयोग गर्ने ब्यक्तिमा नाममा आउने अधिकारीले, आगमी कार्यकालको महिला उपाध्यक्षमा आउदा महिला दिदिबहिनीहरुको समस्यालाई सजिलोसग बुझ्न र त्यसको समाधान गर्न पनि महिला संयोजक हुदाको अनुभवले प्रेरित गरेका कारण उम्मेदवारी दिने बताउनु भएको हो ।
अधिकारीले जापानमा बस्ने नेपालीहरुमा पनि जापानीज नियम कानुन लागु हुने हुदा जापानिज महिला सरहको अधिकारका लागि नेपाली दिदिबहिनीहरुलाई स्वास्थ्य सम्बन्धी समस्याको सहजीकरण र जापानिज भाषामा सक्षम बनाउने लक्ष्यका साथ योजनाहरु बनाई अगाडी बढने जानकारी दिनुभयो ।
आदर्णिय जापानवासी दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार
विश्व सामाजिक र राजनीतिक अबस्थामा महिलाहरुको नेतृत्व उदाहरणीय रहेको कुरा सर्वविदितै छ् । आफ्नो प्रतिस्पर्धात्मक क्षमताको आधारमा होस् या आफ्नो राजनीतिक अधिकारको उपयोगको आधारमा होस् महिलाहरुले आफ्नो पद र नेतृत्वलाई न्याय दिने काम गरेका छन ।
विदेशी भुमिमा रहेर पनि आफ्नो देश अनी मातृभूमी प्रतिको त्याग, माया र आफ्नो देश प्रतिको जिम्मेवारी वहन गर्न स्थापना भएका विभिन्न गैर आवासीय संघ संस्थामा पनि महिला नेतृत्व को भूमिका उदाहरणीय हुँदा हुँदै पनि कतिपय स्थानमा महिला सहभागिता विगत देखी खड्किरहेको अवस्थामा महिला नेतृत्व र सहभागिता सुनिश्चित गराउनु पर्ने कुरा अस्वाभाविक बन्दै गएको छ् । यस अवस्थामा महिला नेतृत्व नै उनीहरुको अधिकारको रुपमा र सहभागिताको आवाश्यकतालाई मध्यनजर गर्दै एनआरएनए जापानको चुनावको लागि महिला उपाध्यक्ष पदमा घोषणा गरेको उम्मेदवारीलाई आफ्नो जिम्मेवारी मानी न्याय दिने प्रतिवद्दता समेत व्यक्त गर्दछु । मेरो कार्यकालमा गर्नु पर्ने मुख्य विषय र मुद्दा महिलाहरूलाई प्राथमिकतामा राखी समस्याहरुमा समर्पित हुने छन् । उक्त मुद्दाहरु यस घोषणापत्रमा निम्न अनुसार अभिव्यक्त गर्दछु।
१ – प्रत्येक दिन बिदेशीने नेपाली संख्या मध्य झन्डै पन्ध्र प्रतिशत महिला रहेको तथ्यांकले देखाउछ । यसरी विदेशिने नेपाली का समस्याका माझ महिला का समस्या अझ बढी रहेका छन् । नेपाली हरुका हकहितको क्षेत्र रहेका सामाजिक संस्थाहरुमा अहिले पनि महिला प्रतिनिधित्त्व न्युन रहेकोमा मेरो उम्मेदवारी ति महिलाहरुको पक्ष मा रहेको छ ।
२ – जापानमा रहेका महिलाहरुले भाषिक समस्याका कारण झेल्नु परेका स्वास्थ्य समस्या रोजगार खोज्दा हुने अप्ठ्यारा र समस्याहरुलाई सहजिकरण गर्न पहल गर्ने ।
३ – हाल सम्म संलग्न रहेका संघ संस्थाका गतिविधि हरुलाई निरन्तरता साथै अझ सम्वृद्ध र सुद्रिढ गर्न प्रतिवद्द हुने ।
४ – विदेशी भूमिमा हुने सामाजिक, आर्थिक तथा मानसिक समस्या बढ्दै गएको विधमान सन्दर्भमा यस्ता समस्या को निराकरण गर्न विभिन्न कार्यक्रमको आयोजना गरि यस्ता समस्या समाधान मा ध्यानाकर्षण गराउने
५ – जापानमा रहेका हरेक संघ संस्थाहरू संग समन्वय गरी हरेक जिल्लाबासी को समस्यामा समधानको लागी सकरआत्मक भुमिका निर्वाह गरिने।
६ – महिला दिदी बहिनीहरूको सामाजिक क्षेत्रमा सहभागिता गराउन खेलकुद लगाएत का बिभिन्न मनोरन्जनका गतिबिधी गरिने छ।
७ – जापान रेडक्रस सोसाइटी संग पहल गरि 𝑵𝑹𝑵𝑨 जापानको क्षेत्रिय समिति संग समन्वय गरि एकैदिन जापानका बिभिन्न शहरमा रक्तदान कार्यक्रम गरिने।
८ – जन्मभुमीमा भईपरि आउने दैवीप्रकोपहरूमा जापानमा रहदै गर्दा जापानका सहयोगी निकायबाट पाउने सहयोगको लागी सम्बन्धित निकाय संग लागी पहल गरिने।
९ – जापानमा रहेका बिधार्थीका अवसर र चुनौती दुबैलाई ध्यानमा राखी हकहितका लागी पहल गरिने छ।
म २००४ मा जापान आई २००८ बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामाजिक क्षेत्रमा आबद्ध रहि निरन्तर सहयोगी भुमिका खेल्दै आएकी छु। हजुरहरू को साथ,समर्थन र सहयोग ले मेरा हरेक काम, कर्तव्यमा सहज भएको र आगमी दिनहरूमा पनि एनआरएनए जापानको महिला उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेकी ले तपाईहरू को साथ, समर्थन, सहयोग र निर्णायक मत दिएर फेरी यस क्षेत्रमा काम गर्ने मौका दिनु हुनेछ भन्ने पुर्ण बिस्वस्त हुदै हार्दिक अनुरोध समेत गर्दछु।
संगिता अधिकारी सुवेदी
महिला उपाध्यक्षको उम्मेदवार (२०२१-२०२३) एनआरएनए, जापान