एनआरएनए जापान भित्रको विकृति हटाउन र पारदर्शिता बनाउन सचिन श्रेष्ठले कोषध्यक्षमा उम्मेदवारी दिने

टोकियो

एनआरएनए जापान देखिएको आर्थिक हिनामिनालाई पारदर्शि र जिम्मेवारीता देखाउन वतर्मान कार्यसमितिका सह–कोषाध्यक्ष सचिन श्रेष्ठले अब हुने एनआरएनए जापानको कोषध्यक्ष पदमा उम्मेदवारी दिने धोषण गरेका छन ।

केन्द्रीय सदस्य हुदै सह–कोषाध्यक्षसम्म को जिम्मेवारी बहन गरेका श्रेष्ठले कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । डेढ दशक देखि जापानको टोकियो स्थित सिन–ओकुवोमा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका श्रेष्ठले सन् २००८ देखि नै एनआरएनका विभिन्न अभियानहरूमा सहभागिता जनाइसकेका छन् । गलतलाई गलत र सहिलाई सही भन्न रुचाउने श्रेष्ठ युवाहरू माझ लोकप्रिय छन् ।

एनआरएनए जापानमा २०१७-१९ मा केन्द्रीय सदस्य, २०१९-२१ मा सह(कोषाध्यक्षमा रही आफ्नो भूमिका निर्वाह गरिसकेका श्रेष्ठले २०२१-२३ का लागि एनआरएनए जापान को कोषाध्यक्षमा उम्मेदवारी दिने धोषण गरेका छन ।

ताजा समाचार