एनआरएनए जापानको महिला उपध्याक्षमा कालिका थापाले उम्मेदवारी दिने

टोकियो

एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि वर्तमान कार्यसमितिकी कोषाध्यक्ष कालिका थापाले महिला उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

एनआरएन जापानमा उहॅालाई कडा र हाक्कि स्वभाव भनेर चिनिने थापाले संघ सस्थाहरुलाई विधि र निति संगत संचालन गर्दै संस्थागत विकासमा जोड दिने एवं जापानमा रहेका महिलाहरूको परिवार र बालबच्चाबाट टाढा रहदा भोग्नु पर्ने तनावपुर्ण जीवनलाई सहज बनाउन मनोपरामर्शका कार्यक्रम संचालन गर्ने लगायतका योजना सहित सामाजिक संजालमार्फ़त थापाले महिला उपध्याक्ष पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो ।

थापाले सार्वजनिक गरेको प्रतिबद्धता

नेपालदेखि नै समाजका हरेक क्रियाकलापमा सक्रियतापूर्वक सहभागिता जनाउदै आएकि म जापान प्रवेशसंगै समाजिक संघ संस्थामार्फ़त सामाजिक सेवा र मानवीय सेवामा सहकार्य गर्ने अवसर पाएकोमा धन्य समझदै यसै शिलाशिलामा जापानको एनआरएनए अभियानमा सहयोगी हुने एउटा अबसर मिल्यो ।
एनआरएनए जापानको यस अभियानमा २०१५ बाट ज़िम्मेवार पदमा रहेर आफ़नो पदीय भूमिका जवाफदेही रूपमा निर्वाह गर्दै आइरहेको यहाँहरुलाई अवगत नै छ भन्ने विश्वास लिएकी छु । त्यसका निम्ति म यहाँहरु सबैमा अन्तरहृदय देखी हार्दिक आभार ब्यक्त गर्दछु ।


यस एनआरएनए जापानमा दुईकार्यकाल कोषाध्यक्षको रूपमा रहेर संस्थाको हितलाई केन्द्रमा राखेर हरेक काम सम्पादन गरे । संस्थालाई अहित हुने कुरामा मैले जहिलेपनि स्पष्टरूपमा अडानका साथ आफ़नो कुरा राखे ।

अत: जति समय मैले सस्थाको जिम्मेवार पदमा रहेर कार्य गरे आफुलाइ संस्था र नेपाली समुदायका नागरिकप्रति उत्तरदायी बनाएर कार्य गरे र अझैपनि नेपाली समुदायका लागि सामाजिक सेवा पुर्याउनका निम्ति आगामी कार्यकालमा पनि रहनु पर्ने आवश्यकता महशुस गर्दै एनआरएनए जापानको एनसिसिको कार्यकाल २०२१- २०२३ मा महिला उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छु ।


१.कोरोना महामारी र संस्थामा देखिएका केही असहजताका कारण २०१९-२०२१ कार्यकाल सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेकोमा यहाँप्रति क्षमाप्रार्थी रहदै तिनै बिगतका योजना र प्रतिबद्धतालाई निरन्तरता दिनका साथै संस्थालाई बिधी पद्धतिमार्फ़त संचालन गर्दै संस्थागत विकासमा जोड दिने मेरो प्रमुख काम रहनेछ ।
२.सस्थाको सौन्दर्य आर्थिक अनुशासन हो भन्ने राम्रोसंग बुझेकोले यसलाई सहि ट्र्याकमा लैजानका लागि मेरो सहयोगी भूमिका रहनेछ ।
३.जापानमा रहेका महिलाहरूको परिवार र बालबच्चा बाट टाढा रहनु पर्दाको तनावपुर्ण जीवनलाई सहज बनाउन मनोपरामर्शका कार्यक्रम संचालन गर्ने ।
४.समाजमा आउन चाहने महिला दिदी बहिनीहरूलाई प्रोत्साहान र हातेमालो गर्दै अगाडी बढ्ने
५.जापानबासी नेपाली बालबालिका तथा जेष्ठ नागरिकहरुको जीवनयापनमा सहज हुने कार्यकमहरु गर्ने,जानकारीमूलक सूचनाहरु आदानप्रदान गर्नका निम्ति अन्य संघसंस्था एवं जापान सरकारका बिभिन्न निकायहरु सम्म सहजिकरण  गर्ने,
र अन्त्यमा एनआरएनएको अभियानमा नजिक रहेर काम गर्दै आइरहेकोले आगामी दिनमा संघलाई मेरो अनुभव र क्षमता प्रयोग गरि सेवा प्रदान गर्ने साथ र सहयोगका लागि सविनय अनुरोध गर्दछु ।
धन्यबाद
कालिका थापा
महिला उपाध्यक्ष, गैर आवासीय नेपाली संघ जापान (२०२१ २०२३)

ताजा समाचार