वर्तमान महिला सदस्य अन्जु भण्डारीद्वारा महिला संयोजकमा उम्मेदवारी

टोकियो । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि वर्तमान महिला सदस्य अन्जु भण्डारीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उहाँले आज सामाजिक संजाल मार्फत सन् २०२१–२०२३ का लागि महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

जापानमा रहनुभएका महिलाहरु विभिन्न समस्यामा रहेको आफुले पाएको र एनआरएनए मार्फत महिला संयोजकको हैसियतमा महिला लक्षित विभिन्न सहयोगी कार्यहरु गर्नुपर्ने आवश्यकता र गर्नसक्ने महशुस गरेर आफुले उम्मेदवारी घोषणा गरेको भण्डारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जापानमा रहेका महिला दिदि बहिनिहरुका विभिन्न किसिमका समस्याहरु छन् । भाषा, प्रकृया तथा सचेतनाका कारण धैरैजना समस्यामा हुनुहुन्छ । कतिपय दिदि बहिनिहरुले त समाज र पारम्परिक संस्कारको कारण आफ्ना ब्याथाहरु लुकाएर दुख खेप्नुभएका उदाहरणहरु छन् । उहाँहरुलाई सहजिकरण गर्ने हाम्रो दायित्व हो । त्यसैले यस किसिमका समस्या हरुलाई संस्थागत रुपमा पहल गर्नका लागि मैले एनआरएनए जापानको महिला संयोजक पदमा उम्मेदवारी दिएकी हुँ ।’

उहाँले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने केन्द्रीय समितिको सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताउनुभयो ।

ताजा समाचार