टोकियो
एनआरएनए जापानको २०२१-२०२३ कार्यकालका लागि रामकृष्ण श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
श्रेष्ठले सबैलाई समेटेर एनआरएनए अभिभावक संथाको रुपमा स्थापित गर्ने, युवा, महिला, विद्यार्थी, व्यवसायी एवं सम्पूर्ण नेपालीहरुको हितमा कार्य गर्ने, नेपाल फेस्टिभलजस्ता कार्यक्रम आयोजना गर्ने, खेलकुद क्षेत्रमा सहयोग गर्नेलगायत आफ्ना एजेन्डा पनि अघि सारेका छन् ।
श्रेष्ठको एजेन्डाहरु
1. जापानमा भैपरी आउने समस्याको दीर्घकालिन समाधानको लागि क्षेत्रिय समितिहरु एकजुट भई कसरि समन्वय गर्ने ?
2. हाल आफ्नो खाता नखोलिएका क्षेत्रीय समितिहरुको हकमा कसरि सहजीकरण गरि खाता खोल्नको लागि पहल गर्ने ?
3. क्षेत्रिय समितिहरुले आफ्नो भाबी योजनाका कार्यक्रममा केन्द्रिय समितिसंग के कस्ता अपेक्षा गरिराखेका हुन्छन ?
4. क्षेत्रिय समितिले आफ्नो क्षेत्रमा बसोबास गर्नु हुने नेपालिहरु प्रति थप जिम्मेवारी बहन गर्न केन्द्रिय समितिसंग कस्तो भूमिका खेल्न सकिन्छ ?
बैठकमा भएका यी माथिका छलफललाई आगामी कार्यसमितिले पालना गर्न र गराउन प्रयत्न रहने र यस्ता बैठकहरु गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु।साथै क्षेत्रीय कार्यसमिति सम्बन्धित निम्न कार्यहरु गर्ने छु।
• आपत्कालिन राहत कोषको कार्य बिधि बनाई सबै क्षेत्रहरुलाई सर्कुलर गर्न प्रयत्न गर्ने ।
• सदस्यता शुल्क क्षेत्रलाई ५० प्रतिशतअनिवार्य छुट्याउनपहल गर्ने ।
• महत्वपूर्ण क्षेत्रको कार्यक्रमममा केन्द्रले बजेट बिनियोजन गर्न सहयोग गर्ने ।
• उपसमिति अबधारणा सबै क्षेत्रमा लागु गरी धेरै भन्दा धेरै जनसहभागी बढाउनु प्रयत्न गर्ने ।
• हरेक क्षेत्रमा भै परि आउने कोष खडा गर्न निर्देशन गर्ने ।