टोकियो
ओशाकामा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको दशौ अधिबेशन नजिकीदै गर्दा उमेदवारि दिनेहरु क्रम पनि बढदै छन । यसैविच नागोया क्षेत्रबाट एनआरएन अभियान क्रियासिल बिष्णु प्रसाद घिमिरेले उपाध्यक्षको दाबेदारी सहित उमेदवारि घोषणा गरेका छन।
घिमिरे वर्तमान कार्यसमितिका सचिब समेत हुन । सामाजिक अभियान मा सक्रिय घिमिरे एन आर एन ए अभियानमा एन आर एन ए नागोया क्षेत्रीय समिति उप संयोजक (२०११-२०१३) बाट क्षेत्रीय संयोजक हुदै बिगत ११ वर्ष देखी निरन्तर अभियान मा सक्रिया रुपमा लाग्दै आएका छन । अभियानका अग्रज देखी अनुज सम्म आफुलाई सहज रूपमा उपस्थित गराऊन र घुलमिल हुन सक्ने सवल पक्ष भएका घिमिरे साहित्य उनको अर्कों रुचिको बिषय हो । अन्तराष्ट्रीय नेपाली साहित्य समाज जापानको नेतृत्व गरी सकेका घिमिरे ले आफ्नो फुटकर कबिता संग्रह “एक्लो बिजेता “ प्रकाशन गरेका छन ।
मियकेनको योक्काईचीमा रहेर ब्यापर ब्यवसाय गर्दै आएका ऊनी योकाइचि कै किता रोटरी मा सदस्यका रूपमा काम गर्दै आएका छन । घिमिरे हिजो का केही कमीकमजोरीले खस्कीदै गएको एनआरएनए जापानको साख लाई उच्च बनाऊन लाग्नु लाई प्रमुख दायित्व ठान्दछन । जापानबासी नेपालीको हर सुख दुःखमा अभिभाबकत्व दिलाऊँन सकेमा संस्थाको साख बढ़नेमा आफु निश्चित रहेकोले सोही कार्य आफ्नो प्राथमिकतामा रहने बताऊछन ।
सामाजिक सेवामा लागि सकेपछि अभियानकर्मी स्वच्छ हुनु र संस्थालाई पारदर्शिता मा राख्नु स्वाभाविक कार्य भन्दै चुनाव नजिकिदै गर्दा २-४ पेज लामो प्रतिवद्दता पेश गर्ने संस्थामा पुगेपछि सबै भुल्ने परिपाटी भन्दा भिन्न रही अहिले सम्मको सामाजिक सक्रियाताको मूल्यंकन नै जापानबासी नेपाली माझ आफ्नो प्रतिवद्दता रहने बताऊछन ।