एनआरएन जापानको भविष्य र भूमिका विषयमा बहस सहितको कार्यक्रम हुने

टोकियो

आदिवासी जनजाति महासंघ, जापानले आर्थिक अनियामितताको गम्भिर लागेको एनआरएन जापानको भविष्यको बारेमा बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

विदेशमा रहेका नेपालीहरुलाई नेपालसग जोडने पुलको रुपमा परिभाषित गरी नेपाल सरकारसग सहकार्य गर्न गठन गरिएको गैर आवासीय नेपाली संघ NRNA ले सस्थागत समस्या सहित अहिले आएर जापान लगायतका विभिन्न देशका कार्यसमितिहरुलाई आर्थिक अनियामितातको गम्भिर आरोप लाग्ने क्रम जारी रहेको छ ।

जापानमा एनआरएन आईसिसिले गठन गरेको छानविन समितिले एनआरएन जापानमा पनि आर्थिक अनियमिता भएको प्रतिवेदन बाहिरा आएपछि यस विषयमा जापानमा रहेका नेपालीहरुका विच आर्थिक अनियमितता गर्नेलाई कडा कारबाहि गर्नु पर्ने मत सहित आवाज उठाई रहेका छन ।

यसैगरी जापानमा पनि बिगतको बिभिन्न कार्यक्रमहरुमा करौडौ रकम अनियमितता भएको प्रतिवेदन आउदा पनि कारबाहिको साटो ढाकछोप गर्ने ब्यबहारमा देखिएको हुदा कतै एनआरएन भन्ने सस्था नै बदनाम हुने त होईन भन्ने लागेर समयमा नै आफु रहेको देश जापानको एनआरएनको भूमिकाको बारेमा यो कार्यक्रम आयोजना गरिएको जनजाती महासंघ जापानका महासचिव शिशिर लिम्बुले बताउनु भयो ।

आईतबार साझ भर्चुवल मार्फत गैर आवसिय नेपाली संघ एनआरएन जापानको भूत, वर्तमान र भविश्य “ बिषयमा अन्तर्क्रियात्मक बहस कार्यक्रममा सहभागिताको लागि आयोजकले सबैमा अनुरोध पनि गरेको छ ।

ताजा समाचार