एनआरएनए जापानको आर्थिक अनियमितता गर्नेलाई कारवाही गर्न आईसीसी लाई चौतर्फी दबाव

अध्यक्ष देविलाल भन्डारीलाई कारबाहि गर्न अनुशासन समितिमा सिफारिस

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितताको विवाद एनआरएन आईसिसिमा पुगे पनि कारबाहि कसरी अगाडि बढ्छ भन्ने विषय टुंगो लाग्न सकेको छैन ।

मंगलबार राति बसेको आईसिसि सहितको बैठकमा एनआरएन जापानका अध्यक्ष देविलाल भण्डारी समेत जोडिएको आर्थिक लेनदेन, पारदर्शिता, छानविन र त्यसको कारबाहीका लागि आईसिसि अनुशासन समितिमा थप छलफल र कारबाहीका लागि सिफारीस पठाईएको छ । अब अनुशासन समितिले कारबाहिको लागि सिफारीस गरे अनुसार अध्यक्ष देविलाल भन्डारीलाई कारबाहिको बाटो खुलेको आईसिसि श्रोतले बताएको छ ।

विगत एक महिना देखि एनआरएन जापानमा विवाद नै विवादमा मुछिएपछि कार्यसमिति पनि पक्ष विपक्षमा विभाजित हुन पुगेको छ । त्यसको समाधानका लागि आइसीसीमा उचित निर्णय लिन दबाब श्रृजना भएको छ। एनआरएन जापानमा विगत देखि आर्थिक अनियामितता हुने सामाजिक संजालमा चर्चा हुने गरेको भएपनि त्यसको एनआरएन जापानले ढाकछोप गर्दै आईरहेको थियो ।एनआरएन जापानमा देविलाल भण्डारी अध्यक्ष निर्वाचित भएपछि उनले प्रवक्तामा सिद्दार्थ श्रेष्ठलाई नियुक्त गरेपछि श्रेष्ठले एनआरएन भित्र सोंचे भन्दा बढी आर्थिक अपचलन भएको भन्दै सप्रमाण सामाजिक संजालमा भष्ट्राचारको छानविनको माग गरेपछि शुरु भएको आवाज कहॅा गएर ठोकिने हो र कस्तो रुपमा सकिने हो भन्न नसक्ने अवस्था आईपुगेको छ ।

यसैविच एनआएन आईसिसिले गठन गरेको उच्च स्तरीय छानविन समितिले ६ महिना लगाएर सार्वजानिक गरेको ९१ पृष्ठको छानविन प्रतिबेदनले एनआरएन जापानको सिंगो कमिटिको सहमतिमा करौडौको आर्थिक हिनामिना गरेको प्रतिवेदन बाहिर ल्याएपछि एनआरएन वर्तमान कार्यसमिति सहित एनआरएन अभियान्तहरुलाई पनि कारबाहिको नैतिक दबाब थेग्न नसक्ने अवस्थामा आईपुगेको छन । भन्ण्डारीलाई कारबाहि र कावा अध्यक्ष अनिता गुरुङ चयन र आईसिसिद्दारा अनुगमन समिति निर्माण – छानविन समितिको प्रतिवेदन र सडक दुर्घटनामा परेका जिसि परिवारसग १३ लाख लिएको लिएको भन्दै १८ जुनमा वरिष्ट उपध्याक्ष अनिता गुरुङ लामा समूहको २० सदस्य बहुमत सदस्यले अध्यक्ष भण्डारीलाई निलम्बन गर्दै कावा अध्यक्ष गुरुङलाई तोकेको निर्णय गरेपछि अध्यक्ष देविलाल भण्डारीले आईसिसि अध्यक्ष कुमार पन्तलाई पत्र लेख्दै गुटबन्दी गरि एनआरएन जापानलाई बदनाम गर्ने कोशिश गरेको भन्दै कारबाहिको माग गरेका थिए ।

यसैविच मंगलबार बसेको आईसिसि बैठकले एनआरएन जापानको निर्वाचन सहित सबै काम सम्पन्न गर्न आईसिसिका निर्वतमान अध्यक्ष भवन भट्ट संयोजकत्वमा अनुगमन समिति बनाउने सहमति गरेको आईसिसि श्रोतले बतायो । अनुगमन समितिले अधिवेशन सम्म सबै खालको निर्णय गर्दै तोकिए कै समयमा निर्वाचन गर्ने बताईएको छ । तर पनि आईसिसिले दुबै समूहले कारबाहिको लागि पठाएको पत्रको न त जवाफ दिएको नत कुनै समूहलाई सचेत गराएको छ । एनआरएन जापानमा आर्थिक हिनामिना, पदिय गैरजिम्मेवारी मात्रै होईन एनआरएन अभियान प्रति नै नकारात्मक सन्देश जाने भूमिका खेलेको भन्दै चौतर्फि राजिनामा सहित सबैलाई कारबाहिको माग बढे पछि मंगलबार आइसीसीका अध्यक्ष कुमार पन्तको उपस्थितिमा एनआरएन जापानका वर्तमानदेखि विगतसम्मका विषयहरुमा गहन छलफल भएको थियो । छलफलको शुरुमा नै एनआरएन एसिया प्यासिफिक क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले एनआरएन जापानमा भएका विवादलाई समाधानका लागि आइसीसीले हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने धारणा राखेका थिए ।

एनआरएन आईसिसिको धारा ३० मा संघलाई हानि नोक्सनी पुर्याएमा निजलाई राजिनामा दिन लगाउने त्यो पनि हुन नसकेमा आईसिसिको सामान्य बहुमतले निजलाई निष्कासन गर्न सकिने ब्यबस्था रहेको भएपनि आजको मिति सम्म कारबाहि हुने संकेत देखिएको छैन ।

बैठकमा एनआरएन जापान भित्रको अनियमितता बारेमा उच्चस्तरीय छानविन समितिले दिएको प्रतिवेदन, एनआरएन जापानका अध्यक्ष देविलाल भण्डारीलाई लागेको आरोप र बिमा रकम र मृतक परिवारबाट १३ लाख लिएको विषय, अध्यक्षलाई निलम्बन गरी कावा अध्यक्ष अनिता गुरुङ लामालाई चयन विधि, एनआरएन जापानका महासचिवको कार्यशैली लगायताका विषयमा जापानबाट सहभागीहरु विच चर्काचकि नै भएपनि आईसिसिले यस विषयमा पनि मौनता साधेको छ । बैठकमा एनआरएन आइसीसीका अध्यक्ष कुमार पन्तले बैठकमा बिमा रकम लेनदेनको विषयमा कारबाहिको सिफारीस गर्न एनआरएनए आइसीसीको अनुशासन समितिलाई निर्णय गर्न आग्रह गरेको जानकारी दिनुभयो ।

एनआरएन जापानको जुलाई २९ मा अधिवेशन हुदै छ भने जुन महिनाभित्र १२ वटै क्षेत्रीय कमिटीको अधिवेशन सहित नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न गर्न एनआरएनए जापानले निर्देशन दिएको छ । हालसम्म क्युसु, चिबा, तोचिगि, कान्तो, ओकिनवा, कान्साई, नागानोको क्षेत्रीय कमिटीका अधिवेशन सकिएको छ भने नागोया क्षेत्रीय कमिटीले भने आफ्नो अधिवेशन सकाएको भएपनि नयाँ नेतृत्व चयन प्रक्रियामा विवाद देखिएपछि अर्को समानान्तर कार्यसमिति बनेको छ I यसको अन्तिम निर्णय पनि मंगलबार हुन सकेन ।

मंगलबार एनआरएन जापानको विषयमा राखिएको छलफल कार्यक्रममा आईसिसि अध्यक्ष कुमार पन्त, महासचिव हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, क्षेत्रीय संयोजक रोबिन्द श्रेष्ठ ( गोबिन्द), उपसंयोजकद्वय पारसमणी पोख्रेल र खगेन्द्र न्यौपाने, पूर्व अध्यक्ष भवन भट्ट, पूर्व क्षेत्रीय संयोजक किरण बिक्रम थापा, पूर्व प्रवक्ता भुषण घिमिरे, पूर्व युवा संयोजक सुदन थापा, डिपि कँडेल, तुल्सिराम खरेल, देविलाल खड्का, नारायनण सुवेदी, ईन्दिरा सुजुकी, राजन प्रधानाङ्ग, ओम गुरूङ, रोशन केसी, टासी लामा, दिपक कँडेललगायत एनआरएन जापान कार्यसमितिको उपस्थिति रहेको थियो । उपस्थित सबैले एनआरएन जापानको विवादलाई छिटो समाधान गरेर आइसीसीले निकास दिनुपर्ने बताएका थिए । य

द्यपी छानविन प्रतिवेदन आइसीसीमा पुगेको हुनाले सबैले आइसीसीको निर्देशन नै कुरिरहेको अवस्थामा मंगलबार आईसिसिले एनआरएन जापानका आर्थिक अनियमितता गर्नेलाई कसरी कारबाहि गर्ने त्यसको स्पष्ट खाका नबनाउदा ठुला माछा फुत्काने र सानो माछालाई दोषि देखाउने त होईन भन्ने आशंक उत्पन्न भएको छ ।

ताजा समाचार