जापान
एनआरएनए जापानको चिबा क्षेत्रेको दोस्रो अधिवेशनले संयोजकमा मुक्तिराज रेग्मी सहित सबै कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
आइतबार चिबामा सम्पन्न क्षेत्रीय समितिको अधिवेसनबाट उपसंयोजकमा राजन भट्टराई र सुरज राई,सचिवमा शंकर सुवेदी,सहसचिवमा रमेश गिरी,कोषाध्यक्षमा समिर खडका,सहकोषाध्यक्षमा टेकराज सोम थापालाई जिम्मेवारी दिएको छ ।
त्यसैगरि सदस्यहरूमा खगेन्द्रप्रसाद भट्ट,मोहन कार्की,यामलाल कंडेल,विक्रम गुरूङ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।