एनआरएन जापानमा अनियमितता पछि पत्र युद्ध शुरु भएको छ ।

जापान

जुन १८ तारिक शुक्रबार २० जनाको बहुमत सदस्यको आकस्मिक बैठकले बिबिध विषयमा आरोपित रहेको र विस्वास योग्य प्रमाण पेश गर्न नसकेको भन्दै एनआरएन जापानका अध्यक्ष देविलाल भन्डारीलाई निलम्बन गर्दै अनिता गुरुङ लामालाई कावा अध्यक्षको जिम्मेवारी दिएको निर्णय गुटबन्दी एव गैर-जिम्मेवारी भएको भन्दै एनआरएन आईसिसिका अध्यक्ष कुमार पन्तलाई आवस्यक कारबाहि गरिपाउ भनि सोमबार एनआरएन जापानका अध्यक्ष देविलाल भन्डारीले पत्र पठाएका छन ।

एनआरएन जापान अहिले दुई समूहमा विभाजित भएको छ । अध्यक्ष देविलाल भन्डारी सहितको समूह र वरिष्ट उपाध्यक्ष एवं काबा अध्यक्ष घोषित अनिता गुरुङ समूह ।

दुबै समूहले एनआरएन आईसिसिलाई कारबाहिको पत्रचार गरेपछि मंगलबार बस्ने एनआरएन आईसिसिको बैठकलाई प्रभाव पार्न दुबै समूह लागि परेको अनुमान लगाईएको छ ।

ताजा समाचार