जापानमा व्यवसाय संचालन गरिरहेका अर्घाखाँचीका दिल पुनको कोरोनाका कारण मृत्यु

जापानको खानागावा क्षेत्रमा मा व्यवसाय गर्दै आउनुभएका अर्घाखाँचीका दिल पुनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । घरायसी कामको शिलशिलामा केही समय अघि नेपाल जानुभएका पुनको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको अर्घाखाँची समाज जापानले जनाएको छ ।

कोरोना महामारकिा कारण अन्तर्राष्ट्रिय हवाईसेवा अवरुद्ध भएकाले उहाँ जापान पर्कन नपाएर नेपालमा नै रहनुभएको जानकारी प्राप्त भएको छ ।। नेपाल बसाईका क्रममा कोरोना भाइरस संक्रमित हुनुभएका पुनको गत जुन ८ तारिख उपचारको क्रममा भएको जनाईएको छ । मृतक पुनकाको श्रीमती र छोरा हाल जापानमै रहनुभएको बताईएको छ ।

ताजा समाचार