भारतका शिक्षामन्त्री धमेन्द्र प्रधानले राजीनामापछि वाङचुकले भने- यो लोकतन्त्रको विजय हो

प्रश्नपत्र लिकविरुद्ध अनसनमा बसेका सामाजिक अभियन्ता सोनाम आङचुकले शिक्षामन्त्रीको राजीनामालाई लोकतन्त्रको विजय भनेका छन्। 

शनिबार अपराह्न नयाँ दिल्लीस्थत मेदान्त अस्पतालबाट सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ राख्दै अभियन्ता वाङचुकले लोकतन्त्रको विजय भनेका हुन्। उनले भनेका छन्, ‘यो लोकतन्त्रको विजय हो।’

सडक आन्दोलनको दबाबमा भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार दिउँसो राजीनामा दिएका थिए। यसलाई लिने ‘प्रत्यक्ष लोकतन्त्र… सिधै सडकबाट’ भनेर टिप्पणी गरेका छन्। 

यसलाई उनले शान्तिको जितका रुपमा पनि अर्थ्याएका छन्। वाङचुकले भनेका छन्, ‘यो शान्ति, धैर्य र दृढताको विजय हो।’

यसका लागि उनले कक्रोच जनता पार्टी र जेनजीलाई बधाई दिएका छन्। ‘सीजेपी र जेनजीलाई बधाई,’ वाङचुकले भनेका छन्, ‘डर त्रासलाई त्यागेर देशको कुनाकुनाबाट जागरुक भई उठेका सम्पूर्ण नागरिकलाई धन्यवाद!’

प्रश्नपत्र लिकलाई लिएर वाङचुक जन्तरमन्तरमा धर्नामा बसेका थिए। उनलाई कक्रोच पार्टी र युवाले साथ दिएका थिए। 

उनको स्वास्थ्य बिग्रिदै गएपछि भारतीय सरकारले बलजफ्ती अस्पताल भर्ना गरेको थियो। सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनले २६औँ दिनमा अनसन तोडेका थिए।  उनी अझै अस्पतालमै उपचाररत छन्। 

उनले अनसन तोडेपछि कक्रोच पार्टीले जन्तरमन्तरमा धर्ना जारी राखेको थियो। आन्दोलन चर्किदै गएपछि प्रधानले शिक्षामन्त्रीबाट राजीनामा दिएका हुन्। 

ताजा समाचार