काठमाडौं । इरानको सरकारी टेलिभिजन स्टुडियोमै इजरायलले आक्रमण गरेको छ । इजरायलले तेहरानस्थित इरानी सरकारी टेलिभिजन, इस्लामिक रिपब्लिक अफ इरान ब्रॉडकास्टिङ (आइआरआइबी)मा हवाई आक्रमण गरेको हो ।
लाइभ न्युज भइरहेको बेला उक्त आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । स्टुडियोमा प्रत्यक्ष प्रसारणको क्रममा धूलो र मलबा खस्दा न्युज एंकरलाई भने केही भएन । आक्रमणपछि मुख्यालयमा क्षति भएकाे आइआरआइबीले बताएकाे छ ।
आक्रमणपछि केही समयको लागि प्रसारण बन्द भएको थियो । तर च्यानलले पुनः प्रसारण सुरु गर्दै आफ्नो कार्यक्रमहरू बिना कुनै कठिनाइका साथ प्रसारण भइरहेको दाबी गरेको छ।
आक्रमणले इजरायल र इरानबीचको द्वन्द्वमा थप तनाव ल्याएको छ। इजरायलले १३ जुनमा इरानमा हवाई आक्रमण गरेको थियो, जसको जवाफमा इरानले इजरायलमा मिसाइल प्रहार गरेको छ।
अन्तर्राष्ट्रिय समुदायले यस द्वन्द्वको बढ्दो प्रभाव र सम्भावित क्षेत्रीय अस्थिरताका कारण चिन्ता व्यक्त गरेको छ।