एजेन्सी
अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलस सहरमा कर्फ्यू आदेश जारी गरिएको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासी नीतिविरूद्धको प्रदर्शन उग्र बन्दै गएपछि लस एन्जलसको डाउनटाउन क्षेत्रमा कर्फ्यु आदेश जारी भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
प्रदर्शनकारीहरूले लस एन्जलसको आप्रवासन तथा भन्सार सेवा (आइसिई) र मेट्रोपोलिटन डिटेन्सन सेन्टर आसपास प्रदर्शन गरेका थिए।
प्रदर्शनकारीहरूले गाडी जलाउनेदेखि सडकमा ढुंगामुढा गरेपछि त्यस क्षेत्र आसपास तोकेर मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ६ बजेसम्म प्रशासनले कर्फ्यू आदेश जारी गरेको रोयटर्सले जनाएको छ।
मंगलबार मात्रै २०० जनाभन्दा बढी प्रदर्शनकारीलाई पक्राउ परेका छन्।
प्रदर्शन उग्र बनेपछि लस एन्जलसमा सुरूवातमा ट्रम्प प्रशासनले नेशनल गार्ड र पछि सेना परिचालन गरेका थिए। मंगलबारदेखि भने नौसेना पनि परिचालन गरिएको रोयटर्सले जनाएको छ।
आप्रवासी पक्रन ट्रम्प सरकारले कार्यस्थलहरूमा छापा मारेपछि डेमोक्र्याटिक पार्टीको सरकार रहेको क्यालिफोर्नियाको मुख्य सहर लस एन्जलस लगायत ठाउँमा शुक्रबार र शनिबार सो कदमको विरोधमा जनप्रदर्शन भएको थियो।
जनताले सडकमा उत्रेर ट्रम्प सरकारको आप्रवासी विरोधी नीतिको पालनामा अवरोध गरेपछि शनिबार उनले नेसनल गार्ड परिचालन गर्ने निर्णय लिएका थिए।