टोकियो
जापान सरकारले चलन चल्तिमा रहेका दश, पांच र एक हजार ऐनका नोटहरुलाई नयां रुपमा आजबाट प्रयोगमा आएको जानकारी दिएको छ ।
बुधबारबाट सार्वजनिक गरिएको १० हजार ऐनको नोटमा आधुनिक जापानी अर्थतन्त्रका पिता भनेर चिनिने इची शिबुसावा, ५ हजार ऐनको नोटमा जापानको पहिलो महिला विद्यार्थीका रूपमा अमेरिकामा अध्ययन गरेकी उमेको सुदा र १ हजार ऐनको नोटमा टिटानसको उपचार पत्ता लगाउने ब्याक्टेरियोलोजिस्ट शिबासाबुरो कितासातोको तस्विर डिजाइन गरि राखिएको छ ।
जापानमा सन् २००४ बाट चलन चल्तिमा रहेको नोटहरु २० बर्षपछि परिमार्जित पछि संचालनमा ल्याईएको थियो ।
जापानमा संचालित बैङ अफ मिच्चुबिसी, यूएफजे, सुमितोमो मिच्चुइ बैंकिङ कर्पोरेशन र मिजुहो बैंकले भिडभाडबाट बच्न पहिलो दिन मात्र केही स्टोरहरूले नयाँ नोटहरू वितरण गर्ने बताएको छ। एटिएमहरुमा भने मिजुहो बैंकले पहिलो दिन नयाँ बैंक नोटहरू काउन्टर दिने निर्णय गरेको छ । युएफजो र सुमितोमो मिच्चुइ बैंकिङ कर्पोरेशनले पनि एटिएममा नयाँ नोटहरु नराख्ने जानकारी दिएको छ ।