टोकियो
ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ ।
भूकम्पले बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले सामाचार प्रकाशित गरेका छन् ।
बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो ।
स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।
सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो ।
यसैविच भूकम्पका कारण जापानको ओकिनावा लगायत फिलिपिन्सको केहि क्षेत्रहरुमा सुनामी आउन सक्ने चेतवानी दिईएको छ । समुन्द्र नजिकका नागरिकलाई अग्लो ठाउमा जान एव चनाखो भएर बस्न सूचित गरिएको छ ।