जापानको केबुलकारको प्रविधिलाई नेपाल विस्तार गरिएको जानकारी दिदै निप्पोन केबलकारका एसियन बजार निर्देशक चिकायोसि ईसुले आफ्नो कम्पनीले नेपालको अन्नपूर्ण केबलकारमा लगानी गरेको जानकारी
टोकियो
नेपालमा जापानि लगानी भित्र्याउनका लागि नेपाली राजदूतबास जापान र युनाईटेड नेशन ईन्भेष्टमेन्ट अर्गनाईजेसन(युनिडो) को संयुक्त आयोजनामा विहिबार टोकियोमा लगानी प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ ।
जापान ट्रेड अर्गानाईजेसन(जिट्रो) को सह-आयोजना एवं जापान सहयोग नियोग जाईकाको सहयोगमा सम्पन्न भएको लगानि प्रवर्द्धन कार्यक्रममा जापानी ब्यवसायीहरु, लगानी विज्ञ एवं जापानमा रहेका नेपालीहरुगरी करिब २ सय जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम आयोजनाका उद्देश्य र नेपालमा लगानीका बारेमा युनिडोका प्रमुख फुमियो आदाचीले लगानीको वतावरण लगायताका बारेमा जानकारीबाट शुरुभएको कार्यक्रममा आयोजकको तर्फहाट जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालले बिदेशी लगानीका लागी सबै प्रकारको नीतिहरुमा लचकता अपनाएको जानकारी दिनुहुदै लगानीका लागि आब्हान गर्नु भएको थियो ।
कार्यक्रममा प्रतिनिधी सभा सदस्य एवं कांग्रेस नेतृ डा. आरजु राणा देउवाले निर्वाचन पछि नेपाल सरकारले तय गरेको लगानीको वतावरण, करको प्रकार एवं सम्भावनाका बारेमा आफ्नो विचार राख्नु भएको थियो ।
कार्यक्रममा लगानी बोर्डका कार्यकारी निर्देशक शुसिल भट्टले नेपालमा लगानीका सम्भावना, सम्भावित लगानीका क्षेत्रहरु सहित नेपालमा लगानीका लागि विशेष रुपमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा भट्टले नेपालमा लगानी गरेका बिदेशी कम्पनीहरु र उनिहरुले प्राप्त गरेका उपलब्धीहरुका बारेमा जानकारी दिनुभएको थियो ।

कार्यक्रममा जाईकाका दक्षिण एसियाका महानिर्देशक तोरियुकी काजुओ एवं जाईकाका विदेशी लगानी प्रवर्द्धन सल्लाहकार मिसामा काजुओले पनि मन्तब्य राख्नु भएको थियो ।
त्यसैगरी जापानको केबुलकारको प्रविधिलाई नेपाल विस्तार गरिएको जानकारी दिदै निप्पोन केबलकारका एसियन बजार निर्देशक चिकायोसि ईसुले आफ्नो कम्पनीले नेपालको अन्नपूर्ण केबलकारमा लगानी गरेको जानकारी दिदै यसलाई अझ बिस्तार गरिने जानकारी दिनुभयो ।
लगानी प्रवर्द्धन कार्यक्रममा सहआयोजक जिट्रोका कार्यकारी उपध्यक्ष काजुया नाकाजुले सबैलाई आभार ब्यक्त गर्दै यो कार्यक्रमले नेपालमा लगानीको वातवारण बनाउन सहयोग पुग्ने बताउनु भयो ।

