टर्की भूकम्प अपडेट : मृतकको संख्या ९० पुग्यो, सिरियामा मात्रै ४२ जना

टर्की भूकम्पमा परी अहिलेसम्म सिरियामा ४२ जनासहित  कम्तीमा ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

स्थानीय समयानुसार सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो। टर्की र सिरियामा गरी कम्तिमा ९० जनाको मृत्यु भएको पुष्टि भएको छ। 

मलात्यामा २३, सनलिर्फामा १७, दियारबाकीरमा ६ जना र ओस्मानियामा ५ जनाको मृत्यु भएको हो। 

सिरियाको सिमानमा ४२ जनाको मृत्यु भएको सिरियाको समाचार संस्थाले जनाएको बीबीसीले उल्लेख गरेको छ। 

भूकम्पका परी ४२ जना घाइते भएका छन्। १४० वटा भवन भत्किएको प्रारम्भिक रिपोर्ट छ।

ताजा समाचार