नयॅा रेकर्ड छुदै जापानको कोरोना, बुधबार एकैदिन ८० जनाको मृत्यू ९४ हजार ९ सय ३० जनामा कोरोना

टोकियो

बुधबार मात्रै जापानमा एकै दिन एक लाख नजिक करिब ९५ हजार जनामा कोरोना पुष्टी हुदा ८० जनाको मृत्यू भएको एनएचकेले जनाएको छ ।

यो सख्याले जापानमा एकै दिन कोरोना पुष्टी भएको नयॅा रेकर्ड कायम गरेको हो ।

बुधबार सबै भन्दा बढी टोकियोमा २१ हजार ६ सय ७६, ओसाकामा ११ हजार १ सय ७१ जनामा कोरोना संक्रमण भएको छभने आज सबै भन्दा कम सिमाने प्रान्तमा ९९ जनामा कोरोना पुष्टी भएको छ ।

बुधबार ८० को मृत्यू

बुधबार जापान भरीमा ८० जनाको मृत्यू भएको छ । जसमा सबै भन्दा बढी १९ जना ओसाकामा मृत्यू भएको छ । त्यसैगरी आईचीमा ९ जना खानागावामा ८ जना एवं टोकियोमा ६ जना मृत्यू भएको छ ।

ताजा समाचार