टोकियो
जापान सरकारले जापानमा बढेको कोरोना नियन्त्रणका लागि भन्दै टोकियो सहित १३ प्रान्तमा शुक्रबारबाट अर्ध-आपतकाल लगाउने निर्णय गरेको छ ।
नयॅा बर्ष २०२२ को पहिलो हप्ताबाट नै ओकिनावामा देखिएको कोरोनाको संक्रमणको प्रभाव, ओसाका, हिरोसिमा हुदै टोकियोमा देखिन शुरुभएपछि आपतकालको सम्भावना बढेको थियो ।
स्थानिस सरकारको सिफारिसमा जनवरी ९ बाट ओकिनावा, हिरोसिमा र यामागुची प्रान्तमा अर्ध-आपतकाल लागु भईसकेको छ ।
जापान सरकारले टोकियो सहित यहि हप्ताको शुक्रबारबाट टोकियो सहित चिवा,साईतामा, खानागावा, गुन्मा, आईचि निगाता, मियाजाकि,गिफु, मिए, नागसाकि र कुमामोतो लगायताका प्रान्तहरुमा अर्ध-आपतकाल लागुहुने छन ।
अर्ध-आपतकाल लागु भएपछिको नियमहरुका बारेमा विस्तृतमा जानकारी गराईने भएको छ ।
जापान सरकारले जारी गरेको सूचना अनुसार अर्ध-आपतकाल जनवरी २१ शुक्रबारबाट लागु भई फेब्रेवरी १३ तारिक सम्म कायम रहने एनएचकेले उल्लेख गरेको छ ।
यसैविच जनवरी १८ तारिख मंगलबार जापानभर एकैदिन ३१ हजार जनाभन्दा बढी मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । जापानमा एकैदिन यति धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
यसअघि सबैभन्दा धेरै, अघिल्लो वर्षको अगस्ट महिनाको २० गते २५ हजार ९ सय ९० जनामा संक्रमण पुष्टि भएको थियो । आज, टोकियोमा एकैदिन ५ हजार १ सय ८५ जना,ओसाकामा ५ हजार ३ सय ९६ जना,ह्योगोमा १ हजार ६ सय ४५ जना,क्योतोमा १ हजार,२४ जना,फुकुओकामा १ हजार ३ सय ३८ जनाको उच्च संक्रमण पुष्टि भएको छ । यसका अलवा आज जापानका ४७ वटै प्रान्तहरुमा साविकको तुलनामा उच्च संक्रमण पुष्टि भएको छ ।