जापानको राजधानी टोकियोमा बढ्दो कोरोना,विहिबार तिन हजार भन्दा बढीमा संक्रमण

जापानमा अहिले अनुमान गरेभन्दा बढीमा प्रत्येक दिन कोरोना संक्रमण वृद्धी भईरहेको तथ्याङ्क रहेको छ ।

जनवरी महिनाको पहिलो हप्ताको तुलनामा दोश्रो हप्तामा पॅाच गुणले कोरोना सक्रमण जारी रहेको छ । टोकियोमा १२ गते २१ सय ९८ जनामा कोरोना देखिएको थियो । १३ मा भने १ हजार भन्दा बढी थपिएपछि विहिबार ३१ सय २४ मा कोरोना पुष्टी भएपछि टोकियोमा कोरोना कहर बढ्दो रहेको छ । यो गएको साता अघिको बिहीबारको तुलनामा झण्डै पाँच गुणा हो ।
गत वर्षको सेप्टेम्बर २ पछि टोकियोमा पुष्टि भएका संक्रमितको संख्या प्रतिदिन ३,००० नाघेको यो पहिलो पटक हो।

साथै, १३ गतेसम्म ७ दिनको औसतमा १५०३.४ जना रहेको छ, जुन अघिल्लो साताको ६८९.६% हो, झण्डै ७ गुणाले बढेको छ ।

यसैगरी विहिबार जापानको सबै प्रान्तहरुमा कोरोना सक्रमित पुष्टी भएको छ । विहिबार जापान भरीमा १८ हजार ७ सय ७४ जनामा कोरोना संक्रमण भएको एनएचके अनलाईनले जनाएको छ ।

ताजा समाचार