मंगलबार जापानमा ६ हजार भन्दा बढीमा कोरोना पुष्टी

टोकियो

नयां बर्षको पहिलो हप्तामा जापानको राजधानी टोकियो, ओकिनावा, हिरोसिमा लगायतका प्रान्तहरुमा कोरोना सक्रमण तिब्र भएपछि एक एक बढेको कोरोना मंगलबार सम्म आईपुग्दा सक्रमणको सख्यामा कमि आएको छ ।

शनिबार मात्रै एकै दिन टोकियोमा करिब १३ सय, ओकिनावमा करिब १९ सयमा देखिएको कोरोना मंगलबार आईपुग्दा टोकियोमा ९ सय ६२ एवं ओकिनावामा ७ सय ७५ मा देखा परेको छ । आकडा हेर्दा कम देखिएपनि जापानका ठुला र सक्रमण धेरै देखिएको प्रान्तमा तिन दिन बिदाका कारण कम देखिएको हुन सक्ने भन्दै कोरोना सम्बन्धी प्रोट्रकल पालन गर्न सबै स्थानिय तहले प्रमुखताका साथ सुचना प्रशारित गरेका छन ।

यसैविच टोकियोका गर्भरनर यूरिका कोईकेले रेस्टुरेन्टहरुलाई एउटा समुहमा ८ जनासम्म र एउटा टेवलमा ४ जना व्यक्तिहरुलाई संगै खान/पान गराउन अनुरोध गरेका छन ।

कोईकेले यो महिनाको अन्त्यसम्म कोरोना संक्रमण हुन नदिन सबैको सहयोग आवस्यक भएको भन्दै सबैमा अनुरोध गरिएको बताउनु भयो ।

मंगलबार पनि जापानका सबै प्रान्तहरुमा कोरोना संक्रमण भएको एनएचकेले जनाएको छ ।

मंगलबार सबैभन्दा धेरै टोकियो र सबै भन्दा कम ईवातेमा ५ जनामा कोरोना पुष्टी भएको छ ।

ताजा समाचार