टोकियो
पेरुबाट जापान प्रवेश गरेका अर्को ब्यक्तिलाई खतरानाक मानिएको ओमिक्रोन नामक भाइरस भेटिए सगै जापानले विदेशबाट जापान प्रवेशमा कडाई गर्ने संकेत गरेको छ ।
जापानको स्वास्थ्य मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार पेरुबाट कतारको दोहा हुदै नारिता आईपुगेका २० बर्षिय युवालाई ओमिक्रोन भाईरस पोजिटिभ देखिएको जानकारीसगै जापान सरकारले जापान आउन तत्काल टिकट नलिन अनुरोध गरेको छ ।
जापानमा पहिलो पटक नामिबियाबाट जापान आएका ३० बर्षिय युवामा ओमिक्रोन भएको पुष्टि भएको थियो ।
जापानमा आउने यात्रुहरुमा ओमिक्रोन भाईरस भेटिन शुरु गरेपछि दक्षिण अफ्रिका सहित थप १० देशलाई जापान प्रवेशमा प्रतिबन्ध लगाउने घोषण गरेको छ ।