हिजो सम्पन्न जापानको निर्वाचनमा एलडिपिलाई बहुमत प्राप्त,सरकारमा कुनै परिवर्तन नहुने प्रधानमन्त्री किशिदा

टोकियो

आईतबार (३१ तारिख) सम्पन्न भएको जापानमा संसदको तल्लो सदन प्रतिनिधि सभाको आमनिर्वाचनमा सत्तारुढदल लिबरल डेमोक्र्याटिक पार्टीले एक्लै २६१ सिटको ल्याइ एकल बहुमत प्राप्त गरेको छ ।

कुल कुल ४ सय ६५ सिटका लागि भएको निर्वाचनमा एलडिपी एक्लैले २४४ सिटमा जित हासिल गरेको हो । प्रधानमन्त्री पद सम्हालेको निकै छोटो समयमा आम निर्वाचन गराएका किशिदा फुमिओको सरकारको पहिलो चुनौती सकिएको छ ।

निर्वाचनको अन्तिम मत परिणाम अनुसार एकल सिटतर्फ कन्सिच्युसनल डेमोक्रेटिक पार्टीले ९६, कोमेइतोले ३२, कम्युनिस्ट पार्टीले १०, निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी)ले ४१, डेमोक्रेटिक पार्टी फर द पिपुलले ११, रेइवा शिनसेनगुमीले ३, सोसल डेमोक्रेटिक पार्टीले १ र स्वतन्त्रले १० सिटमा आफ्नो जित्न सफल भएका छन् । त्यस्तै समानुपातिक तर्फको १ सय ७६ सिटमा एलडिपीले ७२ सिट ल्याएको छ । यो सन २०१७ को आम निर्वाचनको भन्दा सुध्रिएको नतिजा हो । त्यस समय यो संख्या केबल ६६ रहेको थियो । कन्सिच्युसनल डेमोक्रेटिक पार्टीले ३९, कोमेइतोले २३, कम्युनिस्ट पार्टीले ९ सीट ल्याउदा विगतमा भंदा २ सिट गुमाएको छ । निप्पोन इसिन नो काई (जापान इनोभेसन पार्टी)ले २५, सोसल डेमोक्रेटिक पार्टीले ५ र रेइवा शिनसेनगुमीले ३ सिट ल्याउन सफल भएका छन ।

सम्पन्न निर्वाचनमा वहुमत प्राप्त गरेपछि प्रधानमन्त्री किसिदाले सबै मतदातालाई आभार ब्यक्त गरेका छन ।

ताजा समाचार