टोकियो
जापानमा आज आमनिर्वाचन विहान जापानभर ४ सय ६५ सिटका लागि ४६ हजार मतदान केन्द्रहरुमा मतदान भईरहेको छ ।
बिहान ७ बजेबाट सुरु भएको मतदान बेलुकी ८ बजे सकिनेछ ।यस पटकको निर्वाचनमा कुल ४६५ सिटका लागि मतदान भईरहेको छ । कुल ४६५ सिटका लागि देशभरका १ हजार ५१ जनाको उम्मेद्वारी परेको छ । यो उम्मेदवारी संख्या सन १९९६ को चुनाव यता सबैभन्दा थोरै हो । ४६ हजार मतदान केन्द्रहरु मध्ये विशेष समय निर्धारण गरिएका १७ हजार मतदान केन्द्र बाहेक अन्यत्र बेलुकी ८ बजे मतदान सकिनेछ ।
निर्वाचन सम्पन्न भए लगतै सुरु हुने मतगणना भोलि( नोभेम्बर १ तारिख) सम्ममा सकिने अनुमान गरिएको छ । बिगत १२ दिनदेखिको तीब्र प्रचार/प्रसार पछि आज ४९ औँ प्रतिनिधि सभाको निर्वाचन चलिरेहेको छ ।