उत्तरकोरियाद्वारा जापानमाथि ब्यालेष्टिक क्षेप्यास्त्र प्रहार,जापानका प्रधानमन्त्री सुगाद्वारा निन्दा

टोकियो

उत्तर कोरियाले पूर्वी सागरमा दुईवटा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाको सेनाले पुष्टि गरेको छ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले क्षेप्यास्त्र प्रहारको जापानले पनि प्रतिउस्तर दिन सक्षम रहेको बताउदै जापान आपनो कार्यका लागि सक्षम रहेको बताउनु भयो ।

एजेन्सीहरुका अनुसार यो साता उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको यो दोस्रो पटक हो।

गत सोमवार पनि उत्तर कोरियाले लामो दूरीको क्रूज क्षेप्यास्त्र परीक्षण गरेको थियो।उक्त क्षेप्यास्त्रले जापानसम्म मार हान्न सक्ने बताइएको छ।

ताजा समाचार